Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए युकेद्धारा प्रवक्तासहित पाँच सदस्य मनोनित



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितीले संघको विधान अनुसार कार्यसमितीमा एक प्रवक्तासहित ५ जना सदस्यहरु मनोनित गरेको छ ।

कार्यसमितीले यसअघि गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बुलाई प्रबक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो । यहि नोभेम्बर २० मा बसेको कार्यसमितीको पूर्णबैठकले थप ३ जनालाई कार्य समितीको सदस्यमा मनोनित गरेको हो ।

कार्यसमितीको बैठकले तमुधिं युकेका अध्यक्ष तथा बरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षमता ढकाल तथा र ग्याञ्जु शेर्पालाई नेपाली समाजमा पुर्याएका योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरेको हो ।

प्रबक्तामा मनोनित चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यावसायी तथा पूर्वगोर्खा हुन् भने अर्का सदस्य राई सूचना प्रबिधी विज्ञ तथा चार्टर एकाउन्टेन्ट समेत हुन् । साथै लुईटेल पत्रकारिता क्षेत्रमा, क्षमता ढकाल ट्यारोटका कार्ड रिडर, फिल्म प्रोड्युसर, विश्व ह्रिन्दु महासंघका सदस्य र समाजसेवी पनि हुन् ।

गत अगष्टमा नया कार्यसमिती निर्वाचित भएर आएपछि समितीले कार्यसमितीमा मनोनित गर्ने कामका अलावा १८ वटा विभाग तथा टाक्सफोर्सहरु गठन गरी कार्यक्षेत्रमा परिचालित भएको संघका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी