Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

गाउँपालिकाको वडा कार्यालय बनाउन मगरद्वारा ६ कठ्ठा जग्गादान



दमक । गाउँपालिकाको वडा कार्यालय बनाउन स्थानीयवासी रामबहादुर थापा मगरले ६ कठ्ठा जग्गादान गरेका छन् । झापाको झापा गाउँपालिका-७ को वडा कार्यालय भवन निर्माणका लागि  मगरले करिब रु ५० लाख मूल्यपर्ने ६ कठ्ठा जग्गा दान गरेका हुन् ।

वडा कार्यालय भवन बनाउन जग्गा अभाव भइरहेको बेला आफ्नो परिवारका तर्फ वडालाई जग्गा उपलब्ध गराएको दाता मगरले जानकारी दिए । भवन नहुँदा वडा कार्यालय भाडाका घरमा लामोसमयदेखि सञ्चालन हुँदै आएको थियो ।

यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण सुरु गरिएको वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी