Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण



१५ मंसिर, काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ ।

३म्ष्नष्तबम्भिअझदभच नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ । यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो ।

डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित छ र लक्कीड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ ।

यस योजना अन्तर्गत डिजिटल डिसेम्बरभरी हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले रु. ५,००० नगद पुरस्कार जित्न सक्ने छन भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले रु. ५०० सम्मको ५०% क्यासब्याक जित्न सक्नेछन । साथै यस योजनाको अवधिभरी , मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत रु. १००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्य ५०० जना भाग्य शाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा रु.५०० क्यासब्याक पाउन सक्नेछन । यसका साथ साथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिना भरी मोबाईल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्नेछन ।

डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ । लक्ष्मी बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै साता देखी सार्वजनिक गर्दै जानेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै