Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

चलचित्र ‘लाखे’मा मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने



काठमाडौंँ । नेपाली चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर चलचित्र निर्माण गर्न लागेका हुन् ।

चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । चलचित्रका लागि अझै केही कलाकार छनौटको क्रममा रहेको जनाइएको छ ।

बाँकी कलाकार अडिसन मार्फत छनौट हुने निर्देशक बस्नेतले बताए । ‘प्रतिभा भएरपनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने ‘अडिसनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान व्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ चलचित्रको करिव आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको हो ।

निर्देशक बस्नेतका अनुसार चलचित्रका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ । कलाकार छनौटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११ः३० बाट राखिएको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । अडिसन फिल्ममा करियर बनाउन चाहने जो कोहीले दिन सक्नेछन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लाखे जुर्याइएको हो’ निर्देशक बस्नेत भने । चलचित्रको छयाँकन पुसबाट सुरु हुने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी