Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

एशियाकै उत्कृष्ट बैंक बन्न सफल भयो एनएमबी बैंक



काठमाडौँ । संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्र्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ ।

बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको बैंक तथा वित्तीय क्षेत्रको विकासका साथै हरित उद्यम प्रवद्र्धनमा योगदान गरेबापत विश्व प्रसिद्ध सम्मान प्राप्त गरी नेपालको ‘बैंकिङ’ इतिहासमा नयाँ अध्याय प्रारम्भ गरेकामा बैंकमा आबद्ध सबैप्रति बधाई ज्ञापन गरे । राष्ट्रको अर्थतन्त्र उजिल्याउन थप मेहनतका साथ काम गर्न पनि उहाँले बैंक व्यवस्थापनलाई सुझाव दिए ।

यसैबीच, आजै अपराह्न यहाँ आयोजित कार्यक्रममा अध्यक्ष गोल्यानले कृषि क्षेत्रको व्यावसायिकीकरण, पर्यटनको दिगो विकास, जलविद्युत्लगायत स्वच्छ ऊर्जाको प्रवद्र्धनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै देशको आर्थिक उन्नयनलाई केन्द्रमा राखेर एनएमबी बैंकले काम गरिरहेको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत केसीले हालै स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने, हरित, उत्थानशील एवं दिगो विकासमा लाग्न व्यक्त गरेको प्रतिबद्धतामा सहायक भएर अघि बढ्न एनएमबी बैंक प्रतिबद्ध रहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै