Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नयाँ दिल्लीमा नोभेम्बरमा विगत छ वर्षयता सबैभन्दा बढी प्रदूषण



नयाँ दिल्ली । नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायुस्तर मापन एक निकायले जनाएको छ ।

नोभेम्बरमा कूल ११ दिनमा वायु प्रदुषणको मात्रा अत्यधिक नराम्रो रहेको उक्त संस्थाले जनाएको छ । यो सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो। त्यसो त तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको बीबीसीले उल्लेख गरेको छ ।

विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् । भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो ।

लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापनसम्बन्धी निकायका डा. गुफ्रान वेगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

“गएका वर्षहरूमा भन्दा यो वर्ष नोभेम्बरमा धेरै वायु प्रदूषण देखिनुमा दिपावलीका अवसरमा हुने गतिविधि र किसानले खेतमा मलका लागि नल पराल (छापो) प्रमुख कारका हुन्,” उनले बताए ।

नासाको भूउपग्रह तथ्याङ्कले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ। काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च सङ्ख्या हो ।

दिपावालीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो ।

प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित छ तर यसलाई कडाइका साथ लागु गर्न सकिएको छैन ।

किसान आन्दोलनका कारण सङ्घीय सरकार पराल बाल्ने कार्यमाथि प्रतिबन्ध हटाउन सहमत भएपछि यो समस्या आउने वर्षहरूमा अझ नराम्रो हुने सङ्केत देखिएको छ ।

दिल्लीमा पीएम २.५ भनिने प्रदूषकको स्तर विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित भनी तोकेकोभन्दा निकै माथि छ ।

हालै भारतमा गरिएको एक अध्ययनले बालबालिकालाई वायु प्रदूषणका कारण मोटोपन हुनसक्ने र त्यसले श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा पार्ने देखाएको छ । एएफपी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी