Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

कानुनी मार्गबाटै सुनको तस्करी !



नारायण अर्याल, काठमाडौं । मंसिर १३ गते सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गएर फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवाको रुपमा नेपाल भित्र्याइएको २१ किलो सुन बरामद ग¥यो । भञ्सार कार्यालयले बरामद गरेको सो सुन दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४ सय १५ जना यात्रुले बालाको आकारको गहनाको रुपमा ल्याएका थिए ।

त्यस्तै मंसिर १३ गते यात्रुहरुले भित्र्याएको सुन बरामद भएपछि मंसिर १४ गते कानुनी दायराबाट त्रिभुवन विमानस्थलमार्फत ११ किलो सुन भित्रियो । २१ किलो सुनलाई तोलामा रुपान्तरण गर्दा १८ सय तोला हुन्छ भने ११ किलो सुनलाई तोलामा रुपान्तरण गर्दा ९ सय ४३ तोला हुन्छ । मसिंर १३ गते विमानस्थलमार्फत भित्रिएको सुनको २१ किलो सुनको नेपाली बजार मुल्य अनुसार १६ करोड ५६ लाख भन्दा बढी मुल्य पर्छ । त्यस्तै मंसिर १४ गते भित्रिएको ११ किलो सुनको नेपाली बजार मुल्य अनुसार ८ करोड ६६ लाख भन्दा बढी मुल्य पर्न आउने देखिन्छ ।

सरकारले भञ्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार सरकारले ०७७ जेठ १५ गते सुचना जारी गर्दै विदेशबाट नेपालमा आउँदा ५० ग्राम सम्म सुन ल्याउँदा भञ्सार नलाग्ने बतायो । भञ्सार ऐन, २०६४ अनुसार भञ्सार कर नतिरिकन भने काँचो सुन ल्याउन पाईंदैन्, तर यात्रुहरुलाई प्रयोग गरेर काँचो सुनलाई गहनाको स्वरुप दिएर दैनिक रुपमा ठुलो मात्रामा सुन विमानस्थलमार्फत भित्रिने गरेको छ ।

व्यक्तिगत प्रयोग भन्दा बाहेकमा १०० ग्रामसम्मको सुन भन्सार तिरेर ल्याउन पाए पनि सो भन्दा बढी ल्याएमा जफत हुने व्यवस्था रहेको छ । विमानस्थलमा अहिले फेला परेको सुन गहनाको रुपमा २५० ग्राम र व्यक्तिगत प्रयोगको रुपमा एक सय ग्राममा दिइएको सुुविधा अन्र्तगत नै ल्याइएको भन्सार विभागको भनाई रहेको छ ।

नेपाली बजारलाई दैनिक रुपमा झण्डै ३० किलो सुनको आवश्यकता पर्दछ । तर राष्ट्र बैंकले २० किलो सुन मात्रै बिक्री गर्ने गर्दछ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कहिलेकाहीँ मात्रै अवैध सुन जफतको गरिएको विषय सार्वजनिक हुने गर्दछ, तर सुन बजार नियमित रुपमा सञ्चालन भइरहेको छ । ग्राहकहरुको मागलाई बजारले कसरी पुर्ती गरिरहेको छ ?

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी