back

राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी- ढकाल

वि.सं.२०७८ मंसिर १५ बुधवार

108 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा ‘स्टार्टअप इकोसिस्टम’लाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उनले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झल्नुपरेकाले यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको बताए । उनले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपलाई अनुकूल वातावरणसमेत रहेको बताए । ‘विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ/नयाँ तरिकाका बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ,’ उनले भने ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तक व्यवसायी र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उहाँले विशेष गरी महिला र युवालाई महासङ्घले सहयोग गरेको बताए । ‘महासंघले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ,! उनले भने, ‘आइहबमा हामीले व्यवसायमा लाग्न चाहने युवालाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौँ ।’

त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको उनले बताए । साथै उनले महासंघले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीलाई सहयोग तथा सहजीकरणका लागि सातवटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा ‘इन्क्युबेटर सेन्टर’ स्थापना गर्न गइरहेको समेत जानकारी गराए ।

वि.सं.२०७८ मंसिर १५ बुधवार २०:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...