Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्पतालको आइसोलेशनमा रहेका प्रधानन्यायाधिशले पेसी तोकेको भन्दै बारको आपत्ति



काठमाडौं । नेपाल बार एसोसियसनले कोरोना संक्रमण भइ अस्पतालको आइसोलेशनमा रहेका प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जवराले अस्पतालबाटै पेशी तोकेको भन्दै आपत्ति जनाएको छ ।

अदालतका सहकर्मी न्यायाधिशले समेत प्रधानन्यायाधिशको रुपमा अस्वीकार गरिसकेको अवस्था र प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवरा विरामी भइ अस्पतालमा उपचाररत रहेको अवस्थामा संविधानको धारा १२९ (६) बमोजिम जबराबाट सर्वोच्च अदालतको नेतृत्वगर्न नमिल्ने अवस्थामा पनि अस्पतालबाटै मंसिर १४ गते पेशी तोक्नु घोर असंबैधानिक रहेको बारले ठहर गरेको छ ।

‘संविधानको ब्याख्या संरक्षण र रक्षा गर्नुपर्ने निकायको प्रमुखबाट यस किसिमको कार्य हुनु कुनै पनि अर्थमा उचित र युक्तियुक्त हुन सक्तैन,’ बारका महासचिव अधिवक्ता लिलामणि पौेडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर्सथ प्रधानन्यायाधिशको रुपमा कामगर्न असमर्थ भइ सर्वोच्च अदालतमा उपस्थित समेत नभएको हुँदा नेपालको संविधानको धारा १२९ (६) को कार्यान्वयन र पालना गर्न गराउन सम्बन्धीत सबैको गम्भीर ध्यानाकर्षण गराइन्छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी