Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

भ्रामक प्रचार गरिएको भन्दै प्रचण्डको सचिवलायद्धारा खण्डन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा प्रकाशित समाचार बारे खण्डन गरेको छ ।

राजधानीबाट प्रकाशित हुने घटना र विचार पत्रिकामा लाजिम्पाटको घर सम्बन्धमा प्रकाशित समाचार गैरजिम्मेवार, कपोकल्पित र भ्रामक कु-प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयका तर्फबाट रमेश मल्लले सामाजिक संजालमार्फत् सो कुराको खण्डन गरेका छन् ।

‘घटना र विचार नामको मिडियाले अध्यक्ष कमरेड प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवास (भाडाको घर/डेरा)बारे गरेको यस्ता तथ्यहिन सामाचारको खेती गर्नु समाचारको नाममा अपराधकर्म हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्दछौं ।’मल्लले लेखेका छन् ।

के लेखेको थियो घटना र विचारले ?
सो पत्रिकाले लेखेको छ- ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्काको नाममा लुकाएर राखेको लाजिम्पाटस्थित आफ्नो बंगला बिक्रि गर्नु भएको छ ।’

सो घर विक्रिका निम्ति आफ्नै छोरीहरुले मध्यस्थता गरेको पनि समाचारमा जनाइएको छ । सो घरका सम्बन्धमा माओवादी पंक्तिभित्र धेरै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले पटक–पटक प्रष्टोक्ति दिँदै आउनु परेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी