Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

‘नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत



१६ मंसिर, काठमाडौँ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८%नबिल डिबेन्चर २०८५” को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु. १,०००/ कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरे ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति २०७८/०४/१० मा आव्हान गरी मिति २०७८/०४/३१ मा बाँडफाँड गरेको थियो । सूचीकृत “८%नबिल डिबेन्चर २०८५” डिबेन्चरको दोश्रो बजारको कारोबार आज देखिबाट नेप्सेमा शुरु हुनेछ ।

७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५/०४/३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड संग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके