Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली कांग्रेसको प्रदेश निर्वाचन प्रक्रिया सुरु, रामचन्द्र पक्षले खटायो यी नेताहरु



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत प्रदेशको निर्वाचन प्रक्रिया आज (बिहीवार) बाट सुरु हुँदैछ ।

लामो समयसम्म अनिर्णित र तालिका परिवर्तन गर्दै आएको कांग्रेसको आजदेखिको प्रदेश अधिबेशन निश्चित रुपमा हुने भएको छ । प्रदेश अधिबेशन अन्तर्गत कांग्रेसले सबै प्रदेशमा निर्वाचन प्रक्रिया शुरु गरेको हो ।

नेपाली कांग्रेसको हालको संस्थापन पक्ष शेर बहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै उनका विरुद्ध एकगठ हुने प्रयासमा जुटेको रामचन्द्र पक्षले प्रदेश निर्वाचनमा उम्मेदवार निश्चित गर्न तथा प्रक्रिया सहजीकरण गर्न नेताहरु समेत खटाएको छ ।

कहाँ को खटिदैछन् ?
प्रदेश अधिबेशनबाटै देउवा पक्षलाई कमजोर पार्ने रणनीति अनुरुप कांग्रेसको संस्थापन पक्षले महाराजगन्जस्थित डा. शसांक निवासमा एक बैठक गरी केन्द्रीय नेताहरुलाई प्रदेश पठाएको छ ।

जसमध्ये प्रदेश १ का लागि बल बहादुर केसी, महेश आचार्य, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल,, गुरुराज घिमीरे र सरीता प्रसाई रहेका छन् भने प्रदेश २ का लागि सीता देवी यादव, रामकृष्ण यादव र किरण यादव, बागमती प्रदेशका लागि प्रकाशमान सिंह अर्जुन नरसिंह केसी, डा रामशरण महत, गगन थापा, गण्डकी प्रदेशका लागि डा. शसांक कोइराला, दिल बहादुर घर्ती, कमला पंत, जीवन परियार, लुम्बिनी प्रदेशका लागि डा. चन्द्र भण्डारी र दिपक गिरी, कर्णाली प्रदेशका लागि हृदयराम थानी तथा सुदुरपश्चिम प्रदेशका लागि दिलेन्द्र बडु र बद्रि पाण्डे तोकिएका छन् ।

पौडेल पक्षको यो प्रयास एकातिर छ भने अर्कातिर शेर बहादुर देउवा र कृष्ण सिटौलाको गठबन्धन प्रदेश तहसम्म देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै