Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

विदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको प्रधानन्यायाधिशलाई सुझाव



काठमाडौं । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुले लामो समयपछि सर्वोच्च अदालतको विवादबारे बोलेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शिर्षनेताहरुको बैठकले प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जबरालाई बिदामा बसेर कार्यबाहक तोक्न सुझाव दिएका हुन् ।

लामो समयदेखि अदालतमा देखिएको अवरोध तथा नेपाल बार एसोसियसनको नेतृत्वमा प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै लामो समयदेखि कानुन व्यवसायीले आन्दोलन गरिरहेको अवस्थामा सत्तारुढ गठबन्धन दलहरुको यस्तो सुझाव आएको हो ।

सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकमा बसेका शिर्ष नेताहरुले कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचार गराइरहेका प्रधानन्यायाधिश जवराले तत्काल कार्यावाहक तोकेर अदालतको काम कारबाही अघि बढाउन सुझाव दिइएको हुन् ।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

लामो समयदेखि प्रधानन्यायाधिश जबराको राजीनामाको माग गर्दै सर्वोच्च देखि सडकसम्म आन्दोलन गर्दै आएका कानुन व्यसायीहरुले गत विहीवार मात्रै बालुवाटारको आडमा प्रधानन्यायाधिशले आफुहरुको आन्दोलनलाई वेवास्ता गरेको भन्दै नागरिक समाजसँग मिलेर बालुवाटार मार्च गरेका थिए । साथै विरामी अवस्थनमा पनि अस्पतलमै बसेर प्रधानन्यायाधिशले पेसी तोक्नु गलत रहेको भन्दै बुधवार गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए । file photo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै