Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

ओमिक्रोनबाट सबैभन्दा बढी युवा जोखिममा ! भेरियन्ट पत्ता लगाउने वैज्ञानिकहरूले दिए यस्तो चेतावनी



काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि विश्वमा सनसनी मच्चाएको छ । यसका केसहरू २० भन्दा बढी देशहरूमा पुष्टि भइसकेको छ । यो नयाँ भेरियन्ट कत्तिको घातक छ र यसले मानिसहरूमा कस्तो प्रभाव पार्छ, अहिले नै भन्न गाह्रो छ। तथापी ओमिक्रोन पत्ता लगाउने वैज्ञानिकले कोरोनाको नयाँ संस्करणले अहिलेसम्म सबैभन्दा बढी युवालाई असर गरेको भने पुष्टी गरेका छन् ।

वैज्ञानिकहरूले यो पनि चेतावनी दिएका छन् कि ओमिक्रोनले अन्य खालका रोगहरु निम्त्याउन निकै छिटो सक्रियता देखाइरहेको छ । यसबारे थप जानकारी संकलन भइरहेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार यसबारे थप जानकारी दुई–तीन हप्तापछि मात्रै थाहा हुनेछ ।

केही बिरामी भर्ना भएका र ती सबै ४० वर्षभन्दा कम उमेरका युवा रहेको बताइएको छ। साथै संक्रमणदर अन्य भेरियन्टको भन्दा निकै आक्रामक खालको देखिएको पनि बताइएको छ ।

बताइएअनुसार दक्षिण अफ्रिकामा दैनिक नयाँ संक्रमितको संख्या झण्डै दोब्बर भएर ८,५६१ पुगेको छ । ओमिक्रोन देशको सबैभन्दा प्रमुख स्ट्रेन हो।

दक्षिण अफ्रिकी सरकार र वैज्ञानिकहरूले नोभेम्बर २५ मा कोरोनाको नयाँ संस्करण घोषणा गरेका थिए । यसपछि डब्ल्यूएचओले यसको नाम ओमिक्रोन राखिएको थियो । नयाँ भेरियन्ट पत्ता लागेपछि, अमेरिका, युरोपेली संघ, क्यानडा, इजरायल, अष्ट्रेलिया र अन्य देशहरूले धेरै दक्षिण अफ्रिकी देशहरूको यात्रामा प्रतिबन्ध लगाएका छन् । उही समयमा, केही देशहरूले दक्षिण अफ्रिकाबाट आउने उडानहरू प्रतिबन्ध लगाएका छन्। एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै