Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सिभिल बैंकले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने



१६ मंसिर, काठमाडौँ । सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

लगानीकर्ताले बैंकको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बैंकको उक्त ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै