Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेस संस्थापनको उम्मेदवार तयार : पौडेल-कोइरालालाई उम्मेदवार छान्न नै गाह्रो



पोखरा । गण्डकीमा नेपाली कांग्रेस संस्थापनपक्षले उम्मेदवार खडा गर्दा पौडेल-कोइरालालाई भने उम्मेदवार छान्न नै गाह्रो परेको छ ।
कांग्रेस प्रदेश महाधिवेशन सुरु हुनै लाग्दा गण्डकीमा सभापति शेरबहादुर देउवा समूहले एकल उम्मेदवार केन्द्रीय सदस्य अर्जुन जोशीलाई उभ्याउँदा संस्थापनइतरलाई भने उम्मेदवार छान्नै गाह्रो परेको हो ।

संस्थापन समूहबाट केन्द्रीय सदस्य  जोशी एकल उम्मेदवारका रुपमा देखिएका छन् । संस्थापन इतरबाट पाँच जना आकांक्षी बन्दा बुधबारदेखि उम्मेदवार छान्न सुरु भएको छलफल अहिलेसम्म टुंगोमा पुगेको छैन ।

संस्थापन इतरबाट कास्कीका मात्र तीन जना आकांक्षी छन् भने तनहुँ र नवलपुरका एक/एक जनाले दाबी गरिरहेका छन् । कास्कीबाट पूर्व सांसद शुक्रराज शर्मा, यज्ञबहादुर थापा र नेता देवराज चालिसेले दाबी गरिरहेका छन् । तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसी प्रदेशको पहिलो सभापति बन्ने होडमा छन् ।

संस्थापन इतरबाट उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जीवन परियार, धनराज गुरुङ र कमला पन्त बुधबारदेखि नै पोखरामा भेला भएर छलफलमा जुटेका छन् । तर, उम्मेदवार टसमस नहुँदा कुनै टुंगो लाग्न सकेको छैन । ‘हिजोदेखि नै उम्मेदवारको टुंगो लगाउन केन्द्रीय नेताहरुसहित पोखरामा छलफल गरिरहेका छौं । तर, अहिलेसम्म निश्कर्षमा पुग्न सकिएको छैन,’ उम्मेदवार टुंगो लगाउने जिम्मा पाएको टोलीका सदस्य जीवन परियारले भने, ‘दिउँसो १ बजेभित्र सबै टुंगो लगाउने गरी छलफल जारी राखेका छौं ।’ बुधबार पोखरा लेकसाइडको एक रिसोर्टमा छलफल भएको थियो भने बिहीबार पनि बिहानैदेखि नेताहरु गृहकार्यमा जुटेका छन् ।

संस्थापनबाट जोशी सभापतिको एकल उम्मेदवार हुँदा उपसभापतिमा मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत आकांक्षी छन् । महामन्त्रीमा कास्कीका कुमार खड्काले पनि दाबी गरिरहेका छन् । सहमहामन्त्रीमा गोरखाका राजन पन्त र तनहुँका झुलबहादुर रानाको नाम चर्चामा छ । संस्थापन इतरबाट उपसभापतिमा किरणबाबु श्रेष्ठ, बागलुङका हरिकुमार श्रेष्ठ आकांक्षी छन् । महामन्त्रीमा कास्कीका कृष्ण केसी र नवलपुरका विष्णु लामिछानेले दाबी गरिरहेका छन् ।

सहमहामन्त्रीमा नवलपुरकी ओमकला गौतम, तनहुँकी सरिता गुरुङ, कल्पना तिवारीको आकांक्षा छ ।
संस्थापन इतरबाट कास्कीका प्रदेश सभापतिमा ३ आकांक्षीमध्ये कास्कीको १ जनाले सभापतिको उम्मेदवार पाउन सक्ने १ जनाले बताए । नवलपुरका जिसीले पछि हट्न सक्ने संकेत गरिसकेका छन् भने तनहुँका रघुनाथ पौडेललाई कांग्रेस वृतमा बलियो उम्मेदवारका रुपमा हेरिएको छैन ।

वरिष्ठ नेता पौडेल तथा महामन्त्री कोइरालाको गृहजिल्ला रहेको गण्डकी प्रदेशमा संस्थापन पक्षले प्रभाव बढाइरहेको छ । त्यसका बाबजुद पनि धेरै आकांक्षी हुँदा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासहितको टोली पोखरा आएर गृहकार्य गरिरहेको छ । तर, एउटा उम्मेदवार छान्दा अन्य उम्मेदवार बिच्कन सक्ने सम्भावना पनि उत्तिकै देखिएको एक नेता बताउँछन् ।

अधिवेशन गराउन गोपालमान श्रेष्ठको नेतृत्वमा टोली खटिएको छ । देश संघीयतामा गएपछि कांग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै