Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली जनसम्पर्क समितिका युकेकोे सभापतिमा पुनः युवराज गुरुङ



युके । नेपाली जनसम्पर्क समितिको उपाध्यक्षमा पुनः युवराज गुरुङ विजयी भएका छन् ।

हालै सम्पन्न लन्डनको साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो ।

जनसम्पर्क समिति बेलायतमा पहिलोपटक चक्रिय प्रणालीमा सहमति भएको निर्वाचन समितिका सदस्यसचिव खुशि लिम्बुले जानकारी दिएका छन् । लिम्बुका अनुसार पहिलो एकवर्ष गुरुङले समितिको नेतृत्व समाल्ने छन् भने बाँकी एक÷एक वर्षको नेतृत्व क्रमशः महेश दाहाल, कोपिला सुब्बा, युवराज सिंहले गर्ने पनि लिम्बुले जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि लोक गुरुङको उपस्थितीमा सम्पन्न सो अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा रितेश पाण्डे चयन भएका छन् भने उपाध्यक्षहरुमा प्रवेश केसी, नवराज कार्की, सुवास राई, राज सिटौला सर्वसम्मत चयन भएका छन् । साथै समितिको महामन्त्रीहरुमा इन्द्र ह्याङ लिङदेल, नर्वु शेर्पा, रेशम बस्याल, कुश बस्नेत र रोवियन लिम्बु, चयन भएका छन् ।

त्यसैगरी समितिको सहमहामन्त्रीमा उर्मिला चाम्लिङ राई, रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, संजिव राई र सदस्यहरु लिलाधर पौडेल, प्रमिली तिवारी भट्टराई, भिमराज राई, बाघविर पुन, जंग पुन, विज्ञान प्रसाई चयन भएका छन् ।

त्यस्तै १४ औं महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधिहरुमा विश्वआर्दश पण्डित, योगेन क्षेत्री, विज्ञान प्रसाई, केश बहादुर गुरुङ, इन्द्रह्याङ लिंदेन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेश चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेग्वाङ र कोपिला सुब्वा सर्वसम्मतले चयन भएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी