Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

गायिका मिलनको नयाँ गीत “सपना हजार ” सार्वजनिक



काठमाडौं । गायिका मिलन नेवारको नयाँ गीत “सपना हजार ” सार्वजनिक भएको छ । नेपाली सांगितिक बजारमा नयाँ-नयाँ सिर्जना सार्वजनिक हुने क्रममा गायिका नेवारको आवाजमा रहेको “सपना हजार ” गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नेवार ‘द भ्वाइस अफ किड्स’की कोच समेत हुन् ।

उक्त गीतमा अरुणा रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा सगैं जिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ । प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्ने कुरामा आफु आशावादी रहेको गायिका मिलनले बताइन् ।

अमेरिकाको न्युयोर्कमा स्थित मोक्तान डिजिटल मार्फत सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन । बुद्ध थापाको छायाँकन , विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गीतको भाव अनुसार भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

“सपना हजार ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/T9XCqLZu6bA

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी