Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

हामी नेपाली ग्लोबलको दोस्रो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्ष बने लामा



शान्तिराज राई, न्युयोर्क । हामी नेपाली ग्लोबलको दोस्रो अन्तराष्ट्रिय सम्मेलन नोभेम्बरको २४–२५ भव्यताको साथ अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमृत लामाको नेतृत्वमा सम्पन्न भएको उक्त सम्मेलनले पुन नेतृत्वको जिम्मेवारी लामालाई नै दिएको छ ।
नेपाल आमाको आशु पुछ्ने मुल उद्धेश्यका साथ सुरु भएको उक्त सम्मेलनलाई सफल पार्न विभिन्न देशका प्रतिनिधिसंगै अमेरिकाको बिभिन्न राज्यबाट बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष लामाको नेतृत्वमा विश्व शान्तिको कामना गर्दै निकालिएको पदयात्राको समापनसंगै सम्मेलनको उद्धघाटन सत्र सुरु भएको थियो । सम्मेलनको उद्धघाटन सत्रमा विभिन्न देशबाट आएका प्रतिनिधिसंगै अमेरिकाको विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूले रिपोर्टिंग संगै आफ्नो धारणा राखेका थिए ।

सम्मेलनले अमृत लामाकै नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा नवराज केसी अमेरिका, द्धितीय उपाध्यक्षमा टेक लामा अमेरिका र तृतीय उपाध्यक्षमा भोमा लिम्बु अस्ट्रेलिया, महासचिवमा मोनि लिम्बु अस्ट्रेलिया, सचिवमा डाक्टर पदम लाल महर्जन नेपाल र भुवन पौडेल अमेरिका तथा कोषाध्यक्षमा पशुपति श्रेष्ठ अमेरिका रहेका छन् ।

May be an image of 9 people, people standing and outdoors

त्यसैगरी संस्थाको बोर्ड अफ डाइरेक्टरमा अमेरिकाबाट जनक भण्डारी, ज्ञानेन्द्र ढकाल, राधा शर्मा, अर्जुन खड्का, खेमलाल भट्ट, केशवराम राई, बेल्जियमबाट गीता लामा, निनम्मा राई जर्मनी, अम्बिका डिसी दक्षिण कोरिया, गंगाराज शर्मा पौडेल नेपाल, बिजय ढुंग मलेसिया, अंजना शाह नेपाल, रामकुमार श्रेष्ठ पोल्यांड रहेका छन् ।

त्यसैगरी संस्थाको याम्बेसडरमा राजा घले नर्थ साउथ अमेरिका, बिजय मोक्तान जर्मनी, जुनु गुरुंङ दक्षिण कोरिया र सुनिता शर्मा खरेल अस्ट्रेलिया रहेका छन् ।

त्यसैगरी संस्थाको काउंन्सीलरमा नारायण श्रेष्ठ नेपाल, देव गुरुङ बेलायत, किरण सिग्देल जर्मनी, पासंग लामा मलेसिया, गीता लामा बेल्जियम, अशोक सिंह नेपाली भारत, कुमार शर्मा रसिया, प्रबिन प्रजापति डेनमार्क, राम कुमार श्रेष्ठ पोल्यांण्ड, सानु राजा महर्जन क्यानडा, बम बहादुर लामा ईजरायल, श्याम कृष्ण गुरुंङ हंगकंग, भोला लामिछाने स्पेन, राजकुमार बिष्ट न्युयोर्क, याम अधिकारी न्यूजर्सी, रामचंद्र भट्ट टेक्सास, बिधान लामा ओरिगन, हरी कार्की लुजियाना, घनश्याम खड्का कनेक्टिकेट, विकेश श्रेष्ठ कोलोराडो, गोबिंद प्रसाद पौडेल नेब्रास्का, अशोक श्रेष्ठ हवेई, अशोकराज राजभंडारी क्यालीफोर्निया, लक्ष्मी डंगोल केन्टुकी, मेडनराज श्रेष्ठ मेरिल्यांड, डाक्टर रामचन्द्र बराल साउथ क्यालोरिना, बिदुर गिरी भर्मन, अरुण राज भण्डारी इंडियाना, सुबाश भण्डारी लएन्जलस्, उज्जवल खड्का निशोडा, अम्बिका लोहनी जर्जिया, प्रबिन के बजर्चार्य ओक्लाहा रहेका छन् ।

त्यसैगरी संस्थाको डाइरेक्टर कल्चर अफ रि क्रियसनमा नभिन के केसी, लुना श्रेष्ठ, बिंदु सापकोटा निरौला, राजु सिमखड़ा बिजया, डाइरेक्टर प्रेस अफ पब्लिकेसनमा शान्तिराज राई, देब मोक्तान, अंकुर के लुइटेल, श्याम स्मित, गंगा लामा घिसिंङ, डिपार्टमेण्ट डाइरेक्टरमा डाइरेक्टर हल अफ अमेरिका – डाक्टर प्रभात अधिकारी, डाइरेक्टर टेक्नोलोजी एंड इनफरमेसनमा सुमन थापा, डाइरेक्टर एजुकेशनमा पुर्ण लामा, डाइरेक्टर युथ कोअर्डिनेटरमा दीपेन्द्र लामा, डाइरेक्टर अफ पब्लिक रिलेसनमा सोभकांत पांडे, डाइरेक्टर अफ स्पोर्ट्समा मनमोहन वाइबा, डाइरेक्टर अफ फाइनान्समा लभदेव जोशी, डाइरेक्टर अफ रिस्यरमा रमेस एमके पौडेल, डाइरेक्टर अफ बिजनेस अमेरिकामा सेबक अत्रिको, डाइरेक्टर अफ क्रियटिभ डिजाइनमा पंकज कार्की, डाइरेक्टर अफ क्रियटिभ डिजाइनमा भरतमान श्रेष्ठलाई चयन गरिएको छ ।

अन्त्यमा अध्यक्ष लामाले कार्ययोजना उत्पादन, पर्यटनसंगै प्रत्यक्ष जनस्तर उकास्नको लागि लागिपर्ने र विभिन्न परियोजना समेत सुरु भैसकेको जानकारी दिएका थिए । अध्यक्ष लामाले भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

औपचारिक कार्यक्रम समापनसंगै कलाकार बसन्ती राई, गोमा योंजन, संजोक योंजन, आंगगेलु शेर्पा र बिक्रम जंग शाहको बेजोड सांगितीक प्रस्तुसित रहेको थियो । कलाकारहरूको प्रस्तुति पश्चात जांगबु डीजेको डीजे नाचसंगै कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्पन्न भएको थियो ।
सोहि सम्मेलनले नै अर्कों सम्मेलन बेल्जियममा गर्ने घोषणा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी