Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

फिप्नाको १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना



न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको १६ औं स्थापना दिवसको अवसरमा न्युयोर्कमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

नोभेम्बर २८ कादिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेको फिप्नाले जानकारी दिएको छ । रक्तदानक कार्यक्रममा सहभागि हुन न्युयोर्कका विभिन्न स्थान र न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरुको उपस्थिति रहेको फिप्नाले जनाएको छ ।

न्युयोर्कमा रगतको अभाव भएको र त्यसको परिपुर्ति गर्नको लागि न्युयोर्क ब्लड सेन्टरले फिप्नासंग गरेको अनुरोधका कारण रगत दानजस्तो मानवीय पुण्य कार्यको आयोजक बन्ने सौभाग्य पाएकोमा नेपाली समुदायको तर्फबाट गर्व महशुस भएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए ।

फिप्नाले रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरु, स्वंसेवकहरु, प्रायोजकहरु र कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नको लागि उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले समय\समयमा रक्तदान लगायत समाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।

त्यसैगरी युकेआरओए युनाईटेड किरात राई अर्गनाइजेशन अमेरिकाकी केन्द्रीय अध्यक्ष मुना राईले रक्तदाताहरुलाई पानी र फलफूलको झोल(जुस)प्रदान गरेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।