Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

“यो मुटु त तिम्रै हो” बाट प्रेम परियारको एक दशक पछि पुनरागमन



धरान । “यो मुटु त तिम्रै हो” बाट प्रेम परियारले एक दशक पछि पुनरागमन गरेका छन् ।

बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस बर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत “यो मुटु त तिम्रै हो “म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् । यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रिया रानी लामाको अभिनय रहेको छ ।

मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफुलाई सक्रिय बनाउँदै छिन् । म्युजिक भिडियोमा प्रियारानी लामाको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ ।

राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् ।

म्युजिक भिडियो लिङ्क :https://www.youtube.com/watch?v=lLMJSZxL_mo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी