Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज यी चार प्रदेशमा वर्षा र केही भागमा भारी हिमपातको सम्भावना



काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेका कारण केही दिन हल्कादेखि मध्ययम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागको केही स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका मध्य र पूर्वी उच्च पहाडी र हिमाली भू–भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । file photo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके