Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रुसमा थप ३३ हजारमा कोरोना संक्रमण



मस्को । रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ सङ्क्रमित भएका हुन् ।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् ।

नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या भने तीन हजार ३०४ रहेको छ ।

त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कूल सङ्ख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन् ।

योसँगै रूसमा कोरोनाभाइरसबाट सङ्क्रमुक्त भएकाहरुको कूल सङ्ख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ । एएनआई

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके