Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता: नियति



चिल्लो केराको थाम
अँगालीरहें, अँगालीरहें
घाम चरक्क चर्केदेखि नै
क्षणिक शीतल/मुलायम
घाम ढल्किंदा पनि मुलायम
अनि, सधैं
सर्दी लागिरह्यो
म अँगालीरहें ।

तातेको तेल वा घिउ
भुटुन हो घरव्यवहार
पानीका छिटा पर्दा
पड्कीरह्यो,पड्कीरह्यो
छेउमै बस्न बाध्य भएको म
पिल्सीरहें, पिल्सीरहें ।

भूत हो !
राँकेभूत हो फलानो /फलानी !
यदाकदा अनुभव गरिन्छ/देखिन्छ
डराउने सँस्कार भएछ
छेउछाउ जानै डर लाग्छ
न्यानो पाइन्थ्यो कि !
राँकेभूत टाढा रह्यो
न्यानो पनि टाढै रह्यो ।

घडी घुमीरहें
घुम्नै पर्ने नबिसाई
एकैछिन टक्क अडिन पाइएन
बिग्रेको बात लाग्न सक्थ्यो
राँची लैजान सकिन्थ्यो
ठिंगुरा ठोक्न सकिन्थ्यो
भित्रै राखिदिएको बेट्री
लुकाएर खाँदैखाँदै
निश्चित घेराभरि
निश्चित परिधिभरि
घडी घुमीरहें ।

प्रदर्शनी थियो/छँदैछ
हेर्ने हेर्दा थिए/ छँदैछन्
मान्छेको भीड थियो/छँदैछ
थपडी मारिन्थे, काखी बजाइन्थे
रमितलाग्दो रमित थियो
दुई जनामा अहम् अभिनयको
कडा प्रतिस्पर्द्धा थियो
निःशङ्क, निर्विवाद !
म सधैं दोस्रो हुन्थें ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै