Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता: ठूला हुँदा सन्तति



सारा गाउँ युवा कमाउन भनी पर्देश लाग्दा भए
के बस्थे घरमा ठुला शहरमा छोरी बुहारी गए ।
छोरा स्कुल पढाउने तर सबै रोज्छन् सिधै बोर्डिङ
सक्छन् बोल्न सिकेर गाउँ घरमै राम्रो पढे इङ्लिस ।

छोरा भन्छ नपाल बस्तु घरमा आमा र बाबा तिमी
खेती गर्न सकिन्न दुःख सहँदै छाडी दिनू बन्दगी ।
मात्रै फोन कुरा भए सब यति पैसा दिँदैनन् कति
आफैं काम गरेर धान्नु छ सधैं यी वृद्धले जिन्दगी ।

थाहा हुन्न कठै शरीर पटुकी चोलो तुना खुस्कदा
हेर्दैनन् अनुहार वृद्धपनले छाला सबै खुम्चदा ।
मात्रै फोन हुने भए विरहका छोरा र छोरीसँग
चाहन्नन् ममता भने सकसले के बाँच्नु मैले छ र !

पैसा बग्छ उताउलो र घरको बन्दैन राम्रो जग
हामीले घरमै गरेर जसरी बित्दैछ यो जीवन
मान्दैनन् घरमा बसेर ममता बाँडेर खाऊँ भनी
आफ्ना अंग समानका पर भए ठूला हुँदा सन्तति ।

छन्द:शार्दुलविक्रीडित

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै