Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा: जागिर



सुख दुःख गरेर सुमन र महेशले स्नातकोत्तरसम्मको पढाइ पूरा गरे । सुमन विशिष्ट श्रेणीमा उत्तीर्ण भए । महेशले भने जसोतसो उत्तीर्ण मात्रै गरेका थिए । उनीहरू दुवै जना जागिरको खोजीमा थिए ।

“लोकसेवा आयोगले मुखियाको आवश्यकता निकालेको छ नि । फाराम भर्ने होइन ?“ एकदिन महेशले सुमनलाई भने ।
“त्यत्रो दुःख गरेर स्नातकोत्तर उत्र्तीण गरियो । जाबो मुखियाको जागिर के खानु ? म त दिन्न । तिमीले भर्ने भए भर्नू । म त भर्दिनँ ।“ सुमनले नाक खुम्च्याएर जवाफ दिए ।

महेशले मुखियामा फाराम भरे । उत्तीर्ण भएर जागिर खाए । उसले मिहिनेत गरेर जागिर खाँदै प्रयास गर्दैगर्दै सचिवसम्म बन्यो । सुमन भने जागिर खोज्दाखोज्दै जागिर खाने उमेरै नाघ्यो । आजभोलि ड्राइभिङको तालिम लिएर महेशको गाडी चलाउने काम गरिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि