back

दस टुक्का-सरोकार

वि.सं.२०७८ मंसिर १८ शनिवार

168 

shares
NTC AD
Global IME AD


टुक्का लेख्नेहरू माझ थियोे केही भन्नू,
दुबै लाईन् लेखेपछि बराबरी गन्नु ।


आधा अक्षर काटिएका बिल्कुल् गनिदैन,
बराबर अक्षर नभै टुक्का भनिदैन ।


अन्त्यको अनुप्रासलाई मुटु माने हुन्छ,
अर्थपूर्ण हुन्छ लेखाइ भित्रसम्म छुन्छ ।


टुक्का हुन्थ्यो मौलिक खाले परापूर्व कालको,
हिजोआज देखिँदैछ टुक्का फरक खालको ।


टुक्का वाचन गर्दैगर्दा बिश्राम भुल्नु हुन्न,
जथाभावी भन्ने लेख्ने गर्दा कतैपनि छुन्न ।


हुनुपर्छ टुक्का मीठो जनबोली बोल्ने,
ब्यङ्ग्य टुक्का सुनेपछि मुटु काम्ने पोल्ने ।


सुद्धतामा विशेष ध्यान दिए हुन्छ राम्रो,
अपनत्व बढेर जान्छ स्वामित्व यो हाम्रो ।


टुक्का काव्य साहित्यको लघुतम् रुप अरे,
हुँदा सभ्य लालित्यको उन्नयनमा भरे ।


मौलिकता हराउने छ केही वर्ष भित्र,
पराई आफ्ना हुदै जाने टाढा ईष्ट मित्र ।

१०
आफ्नो भन्ने भाषा भेष लोप हुनै आँट्यो,
पश्चिमाको सिको टिपी अन्ट सन्ट छाँट्यो ।

 

वि.सं.२०७८ मंसिर १८ शनिवार ०८:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...