Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता: आमा! आश्रम जान्न…



आमा! आश्रम जान्न बस्छु घरमै भोकै भए तापनि,
मुल्ला पण्डित पादरी खलकले राख्दैन चोखो पनि ।
आमा ! हुन्छ चरित्र लाञ्छन त्यहाँ विद्रोह गर्दा पनि,
हत्या नै हुनसक्छ तरस्करहरू घुम्छन् तपस्वी बनी ।।०१।।

दाज्यू भाइ पिता दिदी र बहिनी जे जे भने तापनि,
आफैँ यौनपिपासु छन् गुरुहरू छोड्दैन कोही पनि ।
नेपाली युवती भनेपछि सबै छन् राल काड्नेहरू,
आमा! हुर्मत हुन्छ यो बदनको लुट्ने भए आबरु ।।०२।।

आमा ! जीवन मासिनेछ सजिलो बन्दैन आजीवन,
गोडा मल्नु सदैव पर्छ गुरुको आफन्त मानीकन ।
आमा ! हुन्छु त्यहाँ बलात्कृत सधैँ छाडा बढी सद्गुरु,
हाँस्छन् बाहिर क्रुर छन् हृदयका जोगिन्न यो आबरु ।।०३।।

आमा ! मानवता विहीन युवती सेतो लगाईकन,
काला कर्म गरी महान् हुन गए सम्पूर्ण सँसारमा ।
मायाँ प्रेम दया विवेक करुणा पाइन्न केही पनि,
आमा! आश्रममा नराखिदिनुहोस् जस्तै भए तापनि ।।०४।।

कोदो फापर खान्छु बस्छु घरमै जानेछु विद्यालय,
आमा! आश्रम देख्छु धर्मगुरुको प्रच्छन्न पापालय ।
धेरै आश्रमले लुटे कति लुटे छोरीहरूको तन,
आमा!आश्रम नर्क नै बुझिलिनोस् भन्दैछ मेरो मन ।।०५।।

आफन्ती अनुहारदेखि परको पर्खालको खाल छ,
आमा! आश्रम यौनशोषण हुने सन्जाल सन्जाल छ ।
मात्रै बाहिरबाट धर्म करुणा मायाँ जताए पनि,
भित्री दानवयुक्त छन् गुरुहरू सेतो लगाए पनि ।।०६।।

सुन्दै काँप्छ शरीर थर्थर भई आामा ! त्यहाँ जान्न म,
पैसाकै सब बन्धु बान्धवहरू पैसै छ ध्येयोद्यम ।
हेर्छन् अर्थ र रूप सद्गुरुहरू एकान्त पारीकन,
आमा! आश्रम जान्न जान्न घरमै बस्नेछु पढ्नेछु म ।।०७।।

ॐ शान्तिः शिव विष्णु राम घरमैकक जप्नेछु भ्याए जति,
आमा! काम सघाउनेछु घरको झर्को नमानी रति ।
आफ्नै गाउँ बजारबाट गतिलो बन्नेछु बन्नेछु म,
आमा! आश्रम जान्न जान्न घरमैँ बाँच्नेछु मर्नेछु म।।०८।।

छन्द: शार्दूलविक्रीडित

नोटः यो फगत् कविता हो । यसमा वर्णित शब्द र वाक्य नितान्त साहित्य हुन् । यदि कसैसित मेल खान गए संयोग मात्र हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी