Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक




जति उचाई चढेपनि धरातल बिर्सनु हुँदैन ।
बामे सर्दै लड्दै उठ्दै हिंड्या पल बिर्सनु हुँदैन ।
अफ्ठ्यारोमा पनि रमाउन सकिन्छ भन्ने कुराको
उदाहरण हिलोमा फुलेको कमल बिर्सनु हुँदैन ।


लेख्छु भनेर लेखिदैन भावना फुर्नु पर्दो रहेछ ।
सही कार्य सम्पन्न गर्न पनि लगन जुर्नु पर्दो रहेछ ।
अँध्यारोपछि उज्यालो आएझै हरेक व्यक्तिको जिन्दगीमा
सुःख शान्ति आउँछ तर धर्य गरि कुर्नु पर्दो रहेछ ।


जिन्दगी अंगालो हाल्न मन छ, चुम्न मन छ ।
प्रकृतिसँग रमाउँदै , बेस्सरी झुम्न मन छ ।
हेरेँ बुझेँ छलाङ मारे कुना कुनासम्म पुगेँ
अब एकपटक तिम्रो ह्र्दयभित्र घुम्न मन छ ।


एउटा बलेको दियोले कैयौं निभेको दिया जलाउन सक्छ ।
माटोमा गाडेको एक स्वस्थ बिऊले असंख्य फल फलाउन सक्छ ।
अज्ञानता मानिसको अभिषाप हो जीवन रुपान्तरणको लागि
ज्ञानी व्यक्ति अपाङ्ग नै होस् सफल जिन्दगी चलाउन सक्छ ।


पिउनेहरुको जिन्दगी पिउञ्जेल मात्र हो ।
क्षणिक आनन्द त नशा लिउञ्जेल मात्र हो ।
भोलिपल्टै देखि तपाईँलाई छोडिदिने छन्
साथ पाएको त तपाईले दिउञ्जेल मात्र हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै