Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



१.
यो जिन्दगी रहेसम्म मायाँ मार्न जानेको छैन
तिमी बाहेक अर्को कुनै स्विकार्न जानेको छैन
देऊ दोष सारा सहन्छु कुनै अफसोच नमानी
ढुक्क हुनु मैंले जिन्दगी बिगार्न जानेको छैन ।

२.
मैले सोचे अनुकुलले हान्छन् कसरी पत्याउनु
मायाँ पिरतीको रुलले हान्छन् कसरी पत्याउनु
भित्रै नदेखिने गरी छाती भत्भती पोलेको बेला
छोडी जानेले फूलले हान्छन् कसरी पत्याउनु ?

३.
आँखै अघि डगडग कामी के के गरेका
भन्दै अरुलाई प्रतिगामी के के गरेका
जसले जनता, देश चुसेर हैरान पार्दैछन्
उनैले बनी झाक्री, धामी के के गरेका ?

४.
यो मन सर्छ,तन सर्छ आत्तिनु चाँहि हुन्न
मुटु फत्राक फत्राक गर्छ आत्तिनु चाँहि हुन्न
यो पिरती भन्ने चिज गाँसिए पछि यस्तै हो
जिन्दगीमा के के पर्छ आत्तिनु चाँहि हुन्न ।

५.
खतरनाक अनि छन सुरा बेचिसके कि क्या हो
एक एक गरी हरेक कुरा बेचिसके कि क्या हो
छिमेकिले नयाँ नक्सा देखाई देखाई तर्साउँदैछ
लिपुलेक, लिम्पियाधुरा बेचिसके कि क्या हो ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै