Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

राप्रपाको एकता महाधिबेशनः नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

भृकुटी मण्डपमा जारी राप्रपाको एकता महाधिबेशनमा आगामी नेतृत्वको लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।
राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको हो । त्यसका लागि उपाध्यक्षमा ९, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

शुक्रवार बिहान ११ बजेदेखि भएको मनोनयन दर्तामा चार उपाध्यक्ष पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठ रहेका छन् भने महिला कोटाबाट रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी दिएका छन् ।

त्यसैगरी एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राले उम्मेदवारी दिएका छन् । साथै सदस्य १४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको पनि निर्वाचन समितिले जनाएको छ ।

राप्रपाको महाधिबेशनमा देशैभरीबाट ४ हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।

राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ५० जना अध्यक्षले मनोनित गर्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी