
१९ मंसिर, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा पुस ११ गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।