Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आज यी पाँच प्रदेशमा वर्षासहित हिमपातको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावनाका साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यस्तै राति पनि प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहनुका साथै नेपालको पूर्वी भु–भागमा भारतको उत्तर पश्चिम बंगालको खाडी र पश्चिम बंगाल–बंगलादेश आसपास रहेको न्यून चापिय क्षेत्रको ( सामुन्द्रिक चक्रवात “जुवाद” को बांकी आंशको) आंशिक प्रभाव रहेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी