Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

प्यारागन स्कुलमा नेपाल शिक्षक महासंघद्धारा तालाबन्दी



२१ मंसिर, काठमाडौँ । नेपाल शिक्षक महासंघले राजधानीको गौशाला स्थित प्यारागन आवासीय मा.वि.को अफिसमा तालाबन्दी गरेको छ ।

बिगत २ वर्षदेखि शिक्षक कर्मचारीहरूलाई तलब सुविधा नदिएको र कैयौं शिक्षकहरूलाई विनाकारण निष्कासन गरेको, वार्तामा बसेर समस्या समाधान गर्न पटकपटक गरेको आव्हानलाई समेत बेवास्ता गरेकोले ताला लगाउनु परेको नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य देवीदत्त पौडेलले बताएका छन  ।

महसंघका अध्यक्ष कमला तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, सचिव झम्क चौलागाईं तथा इस्टु काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट र सचिव भूपाल उप्रेतीसहित साेमबार बिहान ११ बजे विद्यालय प्रशासनसँग छलफल गर्न गए पनि विद्यालय प्रशासन संवादका लागि तयार नभएपछि ताला लगाउन बाध्य भएको जानकारी महासंघका केन्द्रीय सचिव झम्क चौगागाईँले दिएका छन । यस अगाडि पनि दर्जनौँ पटक भेट्न जाँदा पनि भेट नदिने र फोन गर्दा पनि नउठाउने गरेको आरोप महासंघले लगाएको छ ।

विगतमा पनि पटकपटक समस्या उत्पन्न भएको सो विद्यालयले १ दर्जन बढी शिक्षकहरूलाई लामो समयदेखि कक्षा र तलब सुविधा समेत नदिई राखेको थियो । मङ्सिर १ गते विद्यालय भौतिक रूपमा खुलेसँगै तलव दिनुको साटो उल्टै ती शिक्षकहरुलाई निष्काशन गरेपछि महासंघ आन्दोलित भएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी