Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

लिङ्देनको विजयले उत्साहित छन् रविन्द्र मिश्र, भन्छन् – वामवादको चाल चिर्न लिङ्देन आवश्यक



काठमाडौं । एजेण्डागत रुपमा राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नजिक देखिएका रविन्द्र मिश्र राजेन्द्र लिङ्देनको विजयसँगै उत्साहित देखिएका छन् । उनले लिङ्देनको विजयले ‘परम्परावादी समाजलाई कायमै राख्न र वामवादलाई चिर्न’ सफल हुने विश्वास देखाएका छन् ।

मिश्रको बुझाइमा अर्थ–राजनीतिकरूपमा नेपाललाई ‘नरम वामपन्थी’ एजेण्डा चाहिएको छ । त्यो एजेण्डा राप्रपाको नयाँ नेतृत्वसँग छ ।

राप्रपाको राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा विजय भएको तीन दिनपछि मंगलबार लिङ्देनलाई शुभकामना दिँदा मिश्रले ‘नरम वामपन्थी एजेण्डा’ र ‘नरम परम्परावादी एजेण्डा’ बारे आफ्नो धारणा राखेका थिए । उनका अनुसार नरम ‘परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह ल्याउन खोज्ने विदेशी तथा विकृत वामवादको चाल चिर्न’ आवश्यक छ ।

राजावादीसँग सहकार्यको खोजीमा छन् मिश्र

मिश्र पछिल्लो समय एजेण्डागत रुपमै राजावादीहरुसँग नजिक छन् । उनले संघीयताको खारेजी र धर्म निरपेक्षतामाथि जनमत संग्रह गर्ने प्रस्ताव राखेका छन् । उनले संवैधानिक राजसंस्थाको पनि वकालत गरेका छन् । राजसंस्था एकताको प्रतिक भएको उनको बुझाई छ । रविन्द्र मिश्रले गणतन्त्रलाई आयातित एजेण्डा भएको बताउने गरेका छन् ।

मिश्रले उठाएका उल्लेखित एजेण्डा राजावादी राप्रपासँग मिल्न जान्छ । राप्रपाको नयाँ नेतृत्वले उठाएको आक्रामक एजेण्डाप्रति उनी थप विश्वस्त भएको पनि देखिन्छ ।

हालै मिश्रले सिटिजन्स डिस्कशन फोरम र जनता दरबार पार्टीसँग एकता गरेका थिए । उनले यी दुई पार्टीसँगको एकतापछि राप्रपासँग एकताको प्रयास थालेका छन् । एजेण्डागत रुपमा समान विवेकशील साझा र राप्रपाबीच छिट्टै एकता हुनसक्ने बताइन्छ । राप्रपाको नयाँ नेतृत्वबाट एकताको प्रयास सहज हुने उनको बुझाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी