Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

जीवन शर्माको तस्बिर भाइरल, के हो वास्तविकता ?



काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्बिरमा देखिएअनुसार गायक शर्मा सडकको पेटिमा नाङ्लो र क्रेटमा मकै, खुर्सानी र कागती बेच्न बसेका छन् । उनीको ग्राहकको पर्खाइमा देखिन्छन् ।

जुन तस्बिरप्रति निकै टिका टिप्पणीहरु भएका छन् । धेरै मान्छेलाई जीवन शर्मालाई उदाहरणीय व्यक्तित्वको रुपमा देखाएका छन् । चर्चित गायक सडकको पेटिमा बसेको विषयलाई कतिपयले सहानुभूतिको नजरले पनि हेरेका छन् ।

तर, वास्तविक अर्के भेटिएको छ । उक्त तस्बिरमा देखिएको विषय साँचो नभएको स्वंय शर्माले बताएका छन् ।

भाइरल तस्बिरमा देखिएको पसल काठमाडौंको मैतीदेवीस्थित एक महिलाको हो । ती महिलाले सडक पेटीमा राखेको पसलमा पुगेर रमाइलो शैलीमा शर्माले तस्बिर खिचाएका थिए । जुन उनैलाई समेत थाहा नभई भाइरल बनेको थियो ।

शर्माले सञ्चारमाध्यमलाई जनाएअनुसार उक्त तस्बिर सडकमा हिँड्ने कुनै उनका फ्यानले खिचेका थिए । जुन अनयासै भाइरल बन्यो ।

‘वास्तवमा त्यो पसल मेरो होइन, एकजना बहिनीले मैतीदेवीमा राख्नुभएको पसल हो’, शर्माले सञ्चारमाध्यमलाई बताएका छन्, ‘यसो रहर गर्दै म पसलमा बसेको थिएँ, त्यतिवेला सडकमा उभिएकाहरूले फोटो खिच्नुभएको थियो, अहिले भाइरल भएछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी