Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

पौडेल समूहले तय गर्न सक्ला त साझा उम्मेदवार ? युवाहरुको हस्तक्षेप पछि नेताहरु जुटे छलफलमा



काठमाडौं । पार्टी सभापतिका लागि साझा उम्मेदवार तय गर्न रामचन्द्र पौडेल पक्षका युवा नेताहरु तात्तिएपछि शीर्ष तहका नेताहरु छलफलमा जुटेका छन् । युवाहरुले सहमति नभए निर्वाचन प्रक्रियाबाट उम्मेदवार तय गर्न दबाब दिएपछि नेताहरु छलफलमा जुटेका हुन् ।

युवा नेताहरुले सकेसम्म सहमतिबाट नभए जिल्लाका पूर्वसभापति, वर्तमान सभापति, प्रदेशका नेताहरु, केन्द्रीय नेताहरुबाट निर्वाचनकै प्रक्रियाबाट नाम टुंगो लगाउनुपर्ने सुझाब दिएका छन् । युवा नेताहरुले सामूहिक रुपबाटै विकल्पसहितको सुझाब दिएपछि नेताहरु बाध्यकारी रुपमा छलफलमा जुटेका हुन् ।

पौडेल समूहभित्र स्वंय रामचन्द्र पौडेलसहित डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । प्रकाशमान सिंहले मंगलबार मात्रै काठमाडौंमा सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बोलाइएको बैठकबाट साझा उम्मेदवार तय गर्ने तयारी गरिएको छ । यसअघि सोमबार वरिष्ठ नेता पौडेलको निवास बोहराटारमा बसेको चार नेताको बैठकले साझा उम्मेदवार तय गर्न सबैसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

चाक्सीबारीमा बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालामध्ये एकजनालाई सभापतिको साझा उम्मेदवार बनाउनेबारे छलफल हुनेछ । बैठकमा संस्थापनइतर समूहका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी