Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

मन्जुश्री फाइनान्स र नेपाल पेमेन्ट सोलुसन्सबिच डिजिटल सम्झौता



२१ मंसिर, काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ (सी.एक्स.ओ) र सिमन श्रेष्ठ (बिजनेश डेभलपमेन्ट मेनेजर) तथा मन्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट सन्तोष निरौला (प्रमुख कार्यकारी अधिकृत) र सुनिल शाही (आइ टि हेड) ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मन्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, मन्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै