Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

महाधिबेशन प्रतिनिधिमै हारे कांग्रेस नेता अमरेशकुमार सिंह



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशनका लागि जिल्ला प्रतिनिधि छनौटका लागि भएको मतदानमा नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहले २४८ मतका साथ हार वेर्होनु परेको छ ।

यसअघि सातै प्रदेशमध्ये ६ वटा प्रदेशको अधिबेशन समेत सम्पन्न भइसकेको अवस्थामा प्रदेश २ मा भने क्षेत्रिय अधिबेशन समेत सम्पन्न नभएको भन्दै प्रदेश अधिबेशन रोकिएको थियो ।

महाधिबेशन प्रतिनिधिका लागि मंगलवार सर्लाहीको क्षेत्र नं ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य समेत रहेका साहको प्यानलले नै हार बेर्होनु परेको बताइएको छ । साह वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् ।

May be an image of 9 people and people standing

निर्वाचनमा प्रदेश २ का मन्त्री समेत रहेका वीरेन्द्र सिंहको समूह विजयी भएको छ । सिंह सभापति देउवा समूहका मानिन्छन् ।

सलार्हीमा चारवटा निर्वाचन क्षेत्रमध्ये २ वटामा मंगलवार क्षेत्रिय अधिबेशन सम्पन्न भएको छ भने बाँकी २ मा आज हुने बताइएको छ ।

प्रदेश २ को सर्लाहीमा पार्टीका दुई समुहबीच समझदारी नभएका कारण केन्द्रीय निर्वाचन समितिले पटक–पटक निर्वाचन अधिकृत खटाएपनि दुईपक्षमा भएको विवादका कारण तीनजना जिल्ला निर्वाचन अधिकृतले निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिँदै आएका थिए । बिहीवार अन्तिमपटक खटिएका जिल्ला निर्वाचन अधिकृतले निर्वाचन सम्पन्न गराउन सफल भएका हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

लमजुङ । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी