Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतको ‘फेइलर कुटनीति’ र मेची–महाकाली अभियान



abhiyan

 झापा । नेकपा एमालेका लागि फागुन २१ गते कहिल्यै नविर्सिने दिन मात्र होइन त्यस दिन नेकपा एमालेका हरेक नेता तथा कार्यकर्ताहरुमा फरक ढंगले रक्तसञ्चार गराउने दिन हो । हरेक वर्ष एमालेले फागुन २१ लाई कुनै न कुनै रचनात्मक काम गरेर सम्झने गरेको छ । किनकी त्यस दिन कम्युनिष्ट आन्दोलनको कालो दिन हो । जुन दिन कम्युनिष्ट योद्धाहरुलाई जेल सार्ने बहानामा झापा र इलामको सीमानामा पर्ने सुखानीमा विभत्स ढंगले हत्या गरिएको थियो ।

यस वर्ष नेकपा एमालेले सोहि दिनदेखि एउटा फरक अभियान थालेको छ । फागुन २१ गतेदेखि १५ दिन सम्म चल्ने सो अभियानलाई मेची– महाकाली राष्ट्रिय अभियान’ नामाकरण गरिएको छ । अभियानको मुख्य नारा ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान ः राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भनिएको छ । मतलव यो अभियानले मुख्य गरी तराईका २२ वटा जिल्लाका आम जनतालाई नयाँ संविधानले प्रदत्त गराएको हक अधिकारका बारेमा मिहिन ढंगले बुझाउने प्रयास गरिने एमालेका शिर्ष नेताले बताएका छन् ।

आम नागरिक, मधेसी, थारु, दलित, आदिवासी जनजाती,पिछडीएको वर्ग, मुस्लिम, महिला, वृद्धवृद्धा सबैको पक्षमा नयाँ संविधान आएको छ, त्यस कुरालाई बुझाउन अभियान चलाइएको बताइएको छ । कथित राजनीतिक दलहरु, समुह र संविधान कार्यान्वयन हुननदिने शक्तिले संविधान प्रति फैलाएको भ्रम चिर्न मधेसवादी दलहरुको प्रभाव भएका जिल्ला सहित देश दौडाहामा निस्किएको एमाले शिर्ष नेताहरुको भनाई छ ।
झापाको काँकरभिट्टाबाट हजारौंको संख्यामा भेला भएका सर्वसाधारणको भिडबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीले २१ गते अभियान सुरु भएको घोषणा गरे पछि उत्साहपूर्वक ढंगबाट अभियान सुरु भएको थियो । अभियानले संविधान कार्यान्वयन गराउने कुरामा सत्ता पक्ष दलहरुलाई दवाव सृजना मात्र गराएको छैन, प्रचण्ड नेतृत्वको सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन जुनसुकै हातलमा सम्पन्न गर्नुपर्छ भन्ने आम नागरिकको आवाजलाई बुलन्द पनि पारिदिएको छ । करिव १९ बर्षदेखि स्थानीय तहको निर्वाचन नहुँदा तल्लो तहमा रोकिएको विकासको गतिलाई तिव्रता दिन चुनाव अपरिहार्य अस्त्र हो भन्ने कुरा पनि ‘सत्य कुरा हो’ भन्ने सावित गर्न अभियान मार्फत एमालेले दवाव मूलक प्रयास गरेको छ ।
अभियानले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नुपर्छ, तराई र पहाडका जनतालाई उक्साएर हामी बिचको प्रगाढतालाई द्धेषमा परिणत गर्न आन्तरिक तथा बाह्य शक्ति लागेका छन ।् नागरिक आफैं सचेत बनौं भन्दै समृद्धि र स्वाभिमान तर्फ अग्रसर हौं भन्ने गतिलो सन्देश प्रवाह गरिरहको छ मेची–महाकाली अभियानले ।

लामो काल खण्डलाई फर्केर हेर्ने हो भने नेकपा एमालेले सरकारको नेतृत्व सघन, चुनौतिपूर्ण र संवेदनशिल अवस्थामा लिएको अवस्था छ । पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्दा देश गम्भिर र चुनौतिपूर्ण समयबाट गुज्रिरहेको थियो । संविधान जारी भएपछि छिमेकी मूलुक भारत सबैभन्दा बढी रुष्ट बन्यो । मधेसवादी दलहरुले नेपाल– भारत नाका ठप्प (नाकाबन्दी) पारेको दावी गरेका थिए तर त्यो नाकाबन्दीलाई धेरैले मधेशवादी दलको नाममा भारतले गरेको विश्लेषण गरे । केपी ओलीको सरकार बनेपछि देशले ठूलो नाकाबन्दीको सामना गर्यो । आम नागरिक समस्यामा परे । पेटूोलियम पदार्थको चरम अभाव भयो । औषधी सहित अतिआवश्यक वस्तु प्राप्त गर्न नपाउँदा नेपालीको दैनिकी महिनौ सम्म चरम पिडाबाट गुज्रियो । तर सरकार राष्ट्रियताको सवालमा एक इन्च पनि हलचल र विचलित भएन । पूर्खाले जोगाएको स्वाभिमानमा कुनै ठेस पुगेन । आमनागरिक पनि स्वाभिमान रक्षाका लागि बरु अभावमा मर्न तयार भएको अभिव्यक्ति दिँदै राष्ट्रिय एकतामा अडिक हुन सरकारलाई साथ दिइरहे ।

नेपाली राजनिति बाह्य शक्तिको ‘घेराबन्दी’ बाट अछुतो छैन भन्ने पुष्टि आम नागरिकले सतही ढंगबाट पाए । त्यसलाई भारतको ‘फेइलर कुटनीति’ का रुपमा लिइयो । यतिसम्मकी भारतीय ‘फेलियर कुटनीति’ले भारतको नेपाल प्रतिको प्रभाव विस्तारै ‘अविश्वास’ मा परिणत भयो । यो क्रम अझै यथावत छ । जसका कारण चाहेर पनि सम्बन्ध विस्तार गर्न नसकि रहेको चिनसँगको सम्बन्धमा प्रगाढता बढाउने मौका नेपालले पायो । त्यो भारतका लागि सबै भन्दा ठूलो कमजोरी र नेपालका लागि सुनौलो अवसरका रुपमा देखा पर्यो । यो कुरालाई भविश्यले अझ राम्ररी प्रष्ट पार्नेछ ।

नेपालले अति संवेदनशिल समय र ठूलो घेराबन्दीका विचबाट नयाँ संविधान पाएको छ, जुन कार्यान्वयनको चरणमा छ । कार्यान्वयन हुन सक्ने या नसक्ने अझै प्रष्ट छैन । तर पनि संविधान जारी पछि संविधान कार्यान्वयन हुने केही आधार देखिएका छन् जसलाई सकारात्मक रुपमा लिनुपर्छ । संविधान कार्यान्वयन गराउने चरणमा बैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरिएको छ । चुनाव हुने या नहुनेमा पनि शंका उपशंका यथावत छन् । तराई असन्तुष्ट बनेको छ । यसलाई समाधान गर्न सबै राजनीतिक दलले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अडानलाई त्यागेर मध्यमाग्री बाटो खोज्नुपर्छ । जुन नेपालको हितमा छ, देशको अहित हुने कार्य कसैले गर्नुहुन्न ।

स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेलाई भारतको ‘फेइलर कुटनीति’ ले सबैभन्दा बढी फाइदा पुग्ने विश्लेषण गरिएको छ । किनकी भारतीय नाकाबन्दीको खुलेर सामना गरेको दल नेकपा एमालेलाई त्यहि सहासका कारण मतदाताले रुचाउने आधार तय गर्न सक्छ । केपी ओलीले आम नागरिकमा मरिसकेको उत्साह, आशा र सपनालाई जगाएका छन् त्यो पनि एमालेका लागि चुनावमा हैसियत सुधार्ने महत्वपूर्ण आधार स्तम्भ हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम