Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एमसीसीलाई उचालेर गठबन्धन भत्काउने ओलीको योजना कति सहज ?

काठमाडौं । अहिले नेपाली राजनीतिको केन्द्रमा पाँच दलीय गठबन्धनको भविष्य के हुने भन्ने विषय प्रमुख बनेर आएको छ । बाह्य कारणभन्दा पनि पाँच दलीय गठबन्धनभित्रै बढ्दै गएको असमझदारीले गठबन्धनको भविष्य थप अन्यौंलपूर्णं देखिन्छ । सत्ता सञ्चालनका विषय मात्रै होइन एमसीसी जस्ता एजेण्डाहरु गठबन्धनको भविष्यसँग जोडिएर आएका छन् ।

गठबन्धनभित्रै असमझदारी बढीरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली भने एकसुत्रीय एजेण्डा बनाएर गठबन्धनलाई भत्काउन अघि सरेका छन् । एकातिर संसदलाई निरन्तर अवरुद्ध गर्ने र अर्कोतिर एमसीसीलाई जबरजस्त अगाडि बढाउन दबाद दिने भूमिकामा ओली देखिएका छन् । तत्कालिन समय नै सेलाइसकेको माधवकुमार नेपालसहित १४ सांसदमाथिको कारबाहीको मागलाई निरन्तर अगाडि सार्नु र संसद अवरुद्ध गर्नु ओलीको गठबन्धन सरकारलाई अप्ठ्यारोमा पार्ने रणनीति हो ।

गठबन्धनलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा ओलीलाई एमसीसीको एजेण्डा अहिले निकै नै सहज अस्त्र बनेको छ । एमसीसीलाई राजनीतिक सौदाबाजीको रुपमा तत्कालिन समयदेखि नै प्रयोग गर्दै आएका ओलीले अनुमोदन गराउनेभन्दा राजनीतिक लाभ लिन अगाडि सार्ने रणनीतिलाई बलियो गरि समातेका छन् । जसले गठबन्धनभित्र थप असमझदारी र अन्यौंलता बढाएको देखिन्छ ।

तर, देउवा विश्वस्त छैनन् ओलीको सर्तमा

आफ्नै कार्यकालमा गरिएको एमसीसी सम्झौतालाई कार्यान्वयमा लैजानु देउवाका लागि अहिले अनिवार्य दायित्व बनिरहेको छ । आफ्नो नेतृत्वको सरकारलाई उत्तर र दक्षिणी छिमेकीले समेत नपत्याइरहेको बेला देउवालाई बाह्य देशहरुसँग विश्वासको वातावरण बनाउनु आवश्यक छ । एमसीसीको एजेण्डालाई अगाडि बढाउन सके देउवालाई राजनीतिक कित्तासमेत स्पष्ट गर्न सहज हुने देखिन्छ ।

तर, एमसीसीलाई लिएर गठबन्धनभित्र बढेको असमझदारी र ओलीको गठबन्धन भत्काउने सर्त भने देउवाका निम्ति ढुंगा चपाउनु जस्तै बनेको छ । देउवा सुरुदेखि नै गठबन्धनलाई नभत्काइ एमसीसीलाई अगाडि बढाउने रणनीतिमा देखिएका थिए । तर, उनको त्यो रणनीति धरातल बिहिन अवस्थामा देखिन्छ ।

एमालेको साथ पाए एमसीसीलाई अगाडि बढाउन देउवालाई सहज छ तर, ओलीको सर्त देउवाका निम्ति इनारमा हामफाल्नु जस्तै देखिन्छ । सत्ताका निम्ति जे पनि गर्न तयार हुने ओलीको विगतले देउवालाई टेको दिएर टेकाउछन् भन्ने स्पष्ट छैन् । देउवालाई थप अप्ठ्यारोमा पुर्‍याएर छाँड्दैनन् भन्न सकिन्न ।

ओलीको स्पष्ट रणनीति गठन्धनलाई भत्काउने, पुनः संसद विघटन गर्ने र देशलाई चुनावमा लैजाने देखिन्छ । जुन एजेण्डामा देउवा मतियार बने स्वंय आफ्नो र कांग्रेसकै राजनीतिक भविष्यका लागि पनि घातक हुने देखिन्छ । ओलीको रणनीतिमा देउवा अस्पष्ट होलान् भन्न सकिन्न ।

सभामुखको सहयोग अनिवार्य हुँदा अन्योल

ओलीको साथ लिए पनि एमसीसीलाई अनुमोदन गराउन देउवालाई सभामुखको साथ अनिवार्य चाहिन्छ । तर, सभामुख अग्निप्रसाद सापकोटालाई आफु अुनकुल सहमत गराउन सम्भव छैन् ।

सापकोटाले स्पष्ट भाषामै ‘राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमति बेगर सहयोग गर्न सक्दिन’ भनेर जवाफ दिइसकेका छन् । उनी तत्कालिन सभामुख कृष्णबहादुर महराको अडानभन्दा बाहिर देखिन्नन् । जुन एमसीसी अनुमोदनका निम्ति बाधक रहन्छ ।

संसद विघटनदेखि नै ओली र सभामुखबीच विश्वासको वातावरण छैन् । १४ सांसदमाथिको अर्थहिन एजेण्डा उठाएर संसद विघटनको पुष्टी गर्न खोजिरहेका ओलीलाई विश्वास मानेर सापकोटाले एमसीसीलाई अगाडि बढाउलान् भन्न सकिन्न । अर्कोतर्फ संसदीय अंकगणितले पनि सापकोटाको विकल्प खोज्ने अवस्था देउवा र ओलीलाई छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके