Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सत्ता कब्जा गर्ने ध्याउन्नमा ओलीले रचेको ‘पुस ५’



तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थालाई कुल्चदै आजकै दिन ०७७ पुस ५ मा संसद विघटनको घटना घटाएका थिए । सत्ता कब्जाको ध्याउन्नमा लागेका ओलीले तत्कालिन समय घटाएको उक्त घटना नेपालको राजनीतिक इतिहासकै कालो दिनको रुपमा रहेको छ । 

वैधानिक व्यवस्थाअनुसार सत्तामा टिक्न नसकेपछि ओलीले घटाएको पुस ५ को घटनाको प्रभाव क्रमिक रुपमा प्रदेश स्तरमा पनि देखिएका थिए । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा त्यसका पटाक्षेपहरु देखिए । ओलीले सिर्जना गरेको अन्यौंलता र त्रासदीको अवस्था झण्डै ७ महिनासम्म कायम रह्यो । जुनबीचमा ओलीले सत्ता कब्जा गर्ने अस्त्रहरुलाई मिलाई मिलाई प्रयोग गरे ।

ओलीले आफ्नो अनुकुलमा सत्ताका संरचनाहरु बनाए । संवैधानिक व्यवस्थाहरुलाई आफ्नो अनुकुल व्याख्या गर्दै संवैधानिक अंगहरुमा अनुकुलका नियुक्तीहरु गराए । ओलीले तत्कालिन समय सत्ता कब्जाका लागि चलाएको अस्त्रको प्रभाव अझै पनि कायम छ ।

ओलीले आफ्नो अनुकुलमा सत्ताका संरचनाहरु बनाए । संवैधानिक व्यवस्थाहरुलाई आफ्नो अनुकुल व्याख्या गर्दै संवैधानिक अंगहरुमा अनुकुलका नियुक्तीहरु गराए । ओलीले तत्कालिन समय सत्ता कब्जाका लागि चलाएको अस्त्रको प्रभाव अझै पनि कायम छ ।

ओली कदमको असर कायमै

तत्कालिन समय ओलीले जुन ध्याउन्नका साथ संसद विघटन गराएका थिए त्यसको प्रभाव अझैसम्म पनि कायमै छ । अहिले संसदमा देखिएको गतिरोध र न्यायालयमा देखिएको अक्रमण्यताको अवस्था ओली कदमका असर हुन् ।

तत्कालिन समय ओलीले चलाएको अस्त्रले अस्वभाविक रुपमा नेकपा विघटन गराएको थियो । जसपा विभाजन, ब्यूँतिएको एमालेमा पुनः विभाजन, केन्द्रदेखि प्रदेश तहका सरकार परिवर्तन ओली कदमका असर हुन ।

दोस्रो पटक ब्यूँतिएको संसद निरन्तर बन्धक बन्नु, न्यायालयभित्र अस्वभाविक अस्थिरता सिर्जना हुनु, संवैधानिक निकायहरु अक्रमण्डतामा फस्नु ओली कदमका असरहरू हुन् । जुन घट्ने भन्दा बढ्ने अवस्थामा छन् । ओली कदमका असर अन्य निकायमा पनि क्रमिक रुपमा विकास भइरहेको देखिन्छ ।

एमसीसीलगायतका मुद्दालाई निरन्तर राजनीतिक सौदावाजीको रुपमा प्रयोग गर्दै आएका ओलीले अहिले पुनः त्यहि मुद्दालाई घुमाउरो गरि उचालेका छन् । जुन मुद्दामा सत्ता गठबन्धन विभाजित छ । जुन मुद्दाबाट गठबन्धनभित्र आशंका पैदा भएको छ । ओली एमसीसीजस्ता मुद्दामा खेलेर आफ्ना धृष्टता पुरा गर्ने योजनामा रहेकाे देखिन्छ । 

प्रतिगामी सोंचकै निरन्तरतामा ओली

पटक–पटकको कदम उल्टीए पनि ओली भने सच्चिने होइन सोही कदमहरुलाई नै पुष्टि गर्ने दिशामा उद्धत छन् । संसदलाई बन्धक बनाइरहन खोज्नु, अदालतमा अस्थिरता निम्त्याइरहन खोज्नु, संवैधानिक निकायहरुलाई अक्रमण्यतामा फसाइरहन खोज्नु ओली प्रवृत्तिको निरन्तरता हो ।

अहिले ओली जसरी पनि संसद विघटन गराउने ध्याउन्नमा देखिन्छन् । तत्कालिन समय नै सेलाइसकेको र अर्थहिन बनिसकेको माधवकुमार नेपालसहितका १४ सांसदमाथिको कारबाहीको मुद्दामा राजनीतिक गर्नु ओलीको पुरानै शैली हो । जुन आफैंमा राजनीतिक हिसाबले लज्जाजनक विषय पनि हाे ।

एमसीसीलगायतका मुद्दालाई निरन्तर राजनीतिक सौदावाजीको रुपमा प्रयोग गर्दै आएका ओलीले अहिले पुनः त्यहि मुद्दालाई घुमाउरो गरि उचालेका छन् । जुन मुद्दामा सत्ता गठबन्धन विभाजित छ । जुन मुद्दाबाट गठबन्धनभित्र आशंका पैदा भएको छ । ओली एमसीसीजस्ता मुद्दामा खेलेर आफ्ना धृष्टता पुरा गर्ने योजनामा रहेकाे देखिन्छ ।

तर, कमजोर गठबन्धनका कारण ओली थल बलशाली

सर्वोच्च अदालतले ओलीको दोस्रो असंवैधानिक कमदलाई खारेज गर्दै शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने वातावरण त बनायो तर, जनताको सामान्य अपेक्षाअनुसार समेत परिवर्तित सरकारले काम गर्न सकेन । सरकारले सय दिनमा देखाउने रिपोर्ट पनि पाएन । सरकार गठन भएको झण्डै ६ महिना पुग्नै लाग्दासमेत सरकारसँग देखाउने गतिलो रिपोर्ट छैन् । बरु न्यायालयसँग गठबन्धनले गरेका केही सौदाबाजीका घटनाले सरकारको थप अस्मितालाई धुलिसात पार्ने गरेको छ ।

सरकारको मुल्यांकन गर्न नै योग्य काम नभएको कारण अहिले ओलीलाई आफ्ना धृष्टताबारे पुष्टि गर्ने मौका मिलिरहेको छ । अहिले आफ्ना सबै असंवैधानिक कदमहरु सही थिए भनेर पुष्टि गर्ने ध्याउन्नमा ओली छन् । उनी राज्य संयन्त्रका अवयवहरुलाई अस्थिर बनाउँदै पुनरागमनको खोजीमा छन् ।

अहिले गठबन्धन सरकारका एक/दुई मन्त्रीबाहेक अन्य गुमनाम छन् । निश्चित अवधिको जागिरे जस्ता देखिएका मन्त्री कार्यसम्पादन मुल्यांकन गर्न योग्य छैनन् । स्वंय प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि ‘ओलीलाई विस्थापित गरेँ’ भन्नु बाहेक अर्को कुनै उदाहरण छैन् ।

ओली विस्थापन भएसँगै फेरिएका प्रदेश सरकार पनि जनताको वितृष्णाको केन्द्र बनिरहेका छन् । प्रदेश सरकारहरु विकास निर्माण र जनअपेक्षाका काममा भन्दा आफ्नै व्यवस्थापनमा व्यस्त छन् । आफु अनुकुल विधि व्यवस्था बनाउँदै मन्त्रि संख्या बृद्धि गर्ने र निश्चितलाई जागिर खुवाउने बाहेक प्रदेश सरकारको काम देखिएको छैन् ।

केन्द्रमा अदालतमा देखिएको विवादलाई अन्त्य गर्नमा ध्यान नदिनु, ओलीको योजनामा बन्धक बनेको संसदलाई चलायमान गराउन ध्यान नदिनु, सामान्य विकास निर्माणका काममा ध्यान नदिनु, आर्थिक विकासका सूचकहरुप्रति ध्यान नदिनु सरकारको असफलता हो । सरकारको मुल्यांकन गर्न नै योग्य काम नभएको कारण अहिले ओलीलाई आफ्ना धृष्टताबारे पुष्टि गर्ने मौका मिलिरहेको छ । अहिले आफ्ना सबै असंवैधानिक कदमहरु सही थिए भनेर पुष्टि गर्ने ध्याउन्नमा ओली छन् । उनी राज्य संयन्त्रका अवयवहरुलाई अस्थिर बनाउँदै पुनरागमनको खोजीमा छन् । गठबन्धनको असफलताले उनी थप बलशाली बन्दै गएकाे पुष्टी हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके