Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

अनौठो बिहे : बेहुला रुसका, बेहुली जर्मनीकी तर, बिहे हिन्दू रीतिअनुसार (तस्बिरसहित)



काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा विदेशी जोडीको विवाहको निकै चर्चा भइरहेको छ । वास्तवमा, एक जर्मन पुरुषले हिन्दू रीतिअनुसार रुसी स्कूलकी शिक्षिकासँग विवाह गरेका छन् । उनीहरु दुवैले गणेश पूजा, हल्दी, सप्तपदी र अन्य अनुष्ठान गरेका थिए । यो विवाह गुजरातको हिम्मतनगरमा भएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार जर्मनीका क्रिस मुलरले रुसकी स्कूल शिक्षिका जुलिया उख्वाकाटिनासँग विवाह गरेका छन् । जोडीले विवाह समारोहमा ज्येष्ठ नागरिकको खुट्टा छोएर आर्शिवाद लिएका थिए ।

बुजुर्गों के पैर छूकर लिया आशीर्वाद

विश्वका लगभग सबै महादेशको यात्रा गरिसकेका मुलरले आफ्नो विवाहको गन्तव्य भारतलाई रोजेका हुन्।

सन् २०१९ मा अध्यात्म विज्ञान सिकेपछि यी जोडीले हिन्दू संस्कारअनुसार विवाह गर्ने योजना बनाएका थिए । दुवैले हिन्दु रितिरिवाजअनुसार वैदिक र मन्त्रअनुसार विवाह गरेका हुन् ।

जर्मनीका क्रिस मुलरका बुबा जर्मनीका ठूला व्यापारी हुन्। उनी आफै जर्मन र सिङ्गापुरको कम्पनीका सीईओ हुन् ।

माता-पिता नहीं हो पाए शादी में शरीक

मुलरले भियतनाममा रुसी निवासी जुलिया उख्वाकाटिनालाई भेटे। मुलर र जुलिया विगत तीन वर्षदेखि भारतमा बस्दै आएका छन् । मुलर पनि स्प्रिटिओ युजि कम्पनीका सीईओ र संस्थापक हुन्।

क्रिस मुलर र जुलिया उख्वाकाटिनाको विवाह डिसेम्बर १९ मा ठूलो धुमधामका साथ भएको थियो । कोभिड महामारीका कारण जारी प्रतिबन्धका कारण उनीहरुका बाबुआमा दुवैले यो विवाहमा सहभागी हुन सकेनन् । उनीहरुलाई भारतीयले नै आर्शिवाद दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके