Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

दुबईका राजालाई महँगो पर्यो श्रीमतीसँगको डिभोर्स, ८८ अर्ब बढी रकम खर्च दिनुपर्ने



काठमाडौं । दुबईका राजा शेख मोहम्मद रशिद अल मकतूमलाई श्रीमती हयासँगको डिभोर्स निक्कै नै महँगो परेको छ ।

बेलायतमा रहेकी श्रीमती हयासँग डिभोर्स गरेका राजा शेखले ब्रिटेनको उच्च अदालतले डिर्भोस सेटलमेन्टका लागि भन्दै ५५४ मिलियन पाउण्ड ( ८८ अर्व रुपैयाँ बढी रकम) तिर्नुपर्ने निर्णय सुनाएको हो । उक्त रकम डिर्भोस सेटलमेन्ट र छोराछोरीको सुरक्षाको लागि रहेको समाचार ऐजेन्सीहरुले जनाएका छन् । यो ब्रिटीश कानुन इतिहासको सबैभन्दा ठूलो सेटलमेन्ट मानिएको छ ।

जोर्डनका पूर्वराजा हुसैनकी छोरी रहेकी राजकुमारी हया दुवईका राजा शेखका छैटौ श्रीमती हुन् । अक्सफोर्ड युनिभर्सिटीबाट राजनीति, दर्शनशास्त्र र अर्थशास्त्रको पढाइ गरेकी हयाले २००४ मा दुबईका राजा शेख मोहम्मद रशिद अल मकतूमसँग विवाह गरेकी थिइन् । २०१९ मा अचानक दुवई छोडेर बेलायत गएकी हयाले आफ्ना श्रीमानमाथि विभिन्न आरोप समेत लगाउँदै आएको बताइएको छ उनले राजाबाट आफ्नो ज्यानको खतरा रहेको समेत बताउँदै आएकी थिइन् ।

Dubai ruler, princess in London court over welfare of kids | Asia News | China Daily

उच्च अदालतको निर्देशन अनुसार राजकुमारीले शेखबाट २५१.५ मिलियन पाउण्ड पाउनेछिन् भने उनका दुई बच्चाहरुको सुरक्षित भविष्यका लागि २९० मिलियन पाउण्ड बैंकमा राखिनेछ भने त्यसको अलावा शेखले बच्चाहरु ठूला नहुँदासम्म हरेक वर्ष ११.२ मिलियन पाउण्ड उनीहरुका लागि बैंकमा जम्मा गर्नुपर्ने बताइएको छ ।

राजकुमारी हयाले आफ्नो सेटलमेन्टका लागि १.४ बिलियन पाउण्ड मागेको पनि जनाइएको छ ।

शेखमाथि छोरीको पनि आरोप
राजा शेखकी छोरी प्रिसेस लतिफाले पनि आफुलाई बन्धक बनाएर राखेको आरोप बाबुमाथि लगाएकी थिइन् । उनको एक भिडियो सामाजिक संजालमा पनि भाइरल बनेको थियो । लतिफाले दुवईमा महिलाको स्थितिलाई लिएर बाबुमाथि विभिन्न आरोप लगाएकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके