Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

पड्के रोग नियन्त्रणका लागि खोप



दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो ।

याम्पाका किसानले पालेको गाई मर्न थालेपछि विज्ञ केन्द्रले रगतको नमूना परीक्षणका लागि काठमाडौँ पठाएको थियो । ती गाई पड्के रोगका कारण मरेको पुष्टि भएपछि नियन्त्रणका लागि आजदेखि खोप लगाउन थालिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । स्थानीयवासी अजित न्यौपानेको पाँच, गणेश थापाको तीन र काशीनाथ भट्टराईको दुई वटा गाई मरेको थियो । गाई मरेसँगै पड्के रोगको शङ्का गरिएको थियो ।

“केन्द्रबाट खोप मगाएर नियन्त्रणका लागि खोप अभियान सुरु गरेका छौँ, गाई मरेका फार्मका ४३ वटा गाईलाई पड्के रोग विरुद्धको खोप लगाउँछौ,” डा श्रेष्ठले भने । खोप लगाउनका लागि पशु प्राविधिक पिपिई लगाएर फार्ममा पुगेका छन् ।

गाईलाई पड्केसँगै खोरेत रोग पनि देखिएको छ । त्यसको नियन्त्रणका लागि पनि पहल भइरहेको डा. श्रेष्ठले बताए । “खोरेत देखिएकाले पनि समस्या भएको छ, केही गाई बिरामी परेका छन्,” उनले भने । पड्के सबै प्रकारको घरपालुवा पशु साथै मानिसमासमेत लाग्ने सबैभन्दा डरलाग्दो सरुवा रोग हो । यो रोग ‘ब्यसिलस एन्थ्राशीश’ नमाक जीवाणुबाट लाग्छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।