back
CTIZAN AD

अर्घाखाँची राष्ट्रसेवक समाजमा अधिकारी

वि.सं.२०७३ फागुन २६ बिहीवार

840 

shares

 २६ फागुन,काठमाण्डौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज काठमाडौँको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

समाजको बुधबार भएको पहिलो अधिवेशनले समाजका अध्यक्ष अधिकारीको नेतृत्वमा २३ सदस्यीय कार्य समिति गठन गरेको हो ।

अधिवेशनले बालकृष्ण घिमिरेलाई उपाध्यक्ष, टेकनारायण पाण्डेलाई महासचिव, विष्णुराज बेल्बासेलाई सचिव र दुर्गा बन्जाडेलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ ।

अर्घाखाँची जिल्लाबाट निजामती सेवामा प्रवेश गरी काठमाडौँमा सेवा गरिरहेका कर्मचारीले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्नका लागि सो सङ्गठन स्थापना गरिएको हो ।

सो समाजले वरिष्ठ चिकित्सक डा चोपलाल भुसाल र नेपाल बैंक लिमिटेडका प्रबन्धक लेखनाथ भुसाललाई सम्मान समेत गरेको छ । सम्मानित भुसाल हालै बङ्गलादेशका लागि राजदूतमा सिफारिस हुनुभएको छ ।

त्यसैगरी, हालै शाखा अधिकृत उत्तीर्ण भएका अर्घाखाँचीका १६ जनालाई विशेष सम्मान गरिएको समाजका सदस्य गङ्गा पन्थीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०४:३९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...