back

अर्घाखाँची राष्ट्रसेवक समाजमा अधिकारी

वि.सं.२०७३ फागुन २६ बिहीवार

543 

shares
IME Limited
NTC AD

 २६ फागुन,काठमाण्डौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज काठमाडौँको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

समाजको बुधबार भएको पहिलो अधिवेशनले समाजका अध्यक्ष अधिकारीको नेतृत्वमा २३ सदस्यीय कार्य समिति गठन गरेको हो ।

अधिवेशनले बालकृष्ण घिमिरेलाई उपाध्यक्ष, टेकनारायण पाण्डेलाई महासचिव, विष्णुराज बेल्बासेलाई सचिव र दुर्गा बन्जाडेलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ ।

अर्घाखाँची जिल्लाबाट निजामती सेवामा प्रवेश गरी काठमाडौँमा सेवा गरिरहेका कर्मचारीले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्नका लागि सो सङ्गठन स्थापना गरिएको हो ।

सो समाजले वरिष्ठ चिकित्सक डा चोपलाल भुसाल र नेपाल बैंक लिमिटेडका प्रबन्धक लेखनाथ भुसाललाई सम्मान समेत गरेको छ । सम्मानित भुसाल हालै बङ्गलादेशका लागि राजदूतमा सिफारिस हुनुभएको छ ।

त्यसैगरी, हालै शाखा अधिकृत उत्तीर्ण भएका अर्घाखाँचीका १६ जनालाई विशेष सम्मान गरिएको समाजका सदस्य गङ्गा पन्थीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०४:३९ मा प्रकाशित

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)...

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौँ । सरकारले आयोडिनयुक्त नूनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश...

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

महेन्द्रनगर (धनुषा) । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय...

प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट...