Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमै पहिलो पटक हमाम वाथको सेवा



ठमेलको मुख्य कोलाहलबाट थोरै भित्र नेपालमै पहिलो पटक हमामवाथको सेवा शुरु भएको छ ।

संचालिका सबिता अधिकारीले जनाएअनुसार ठमेलस्थित होटल ठमेल पार्कमा रहेको इन्फिनिटी स्पामा सो सेवा शुरु भएको हो ।

अधिकारीका अनुसार होटल ठमेल पार्कको सुन्दर रमणीय ठाउँमा रहेको इन्फिनिटी स्पामा गएर यो सेवा लिन सकिनेछ । यसबाहेक सो स्पासेन्टरमा स्टिम, सौनाका, साथै आर्युवेदिक मसाज (Ayurvedic massage), स्विडिस मसाज (Swedish massage), डिप टिस्यू मसाज (Deep tissue massage), थाइ मसाज (Thai massage), ट्रेकर्स मसाज (Tekkers massage)  र हट स्टोन मसाज (Hot stone massage)  का साथै कपिङ मसाज, शिरो धारा, एवम ब्यूटिपार्लरसँग सम्बन्धित, फेसियल, waxing(Ladies & Gents) मेनिकेयर, पेडिकेयर, लगायतका सेवाहरु पनि उपलब्ध छन् ।

जानकारहरुका अनुसार बाथ रोगीहरुका लागि सौना अत्यन्त लाभदायक हुने र स्टिमले रुघालाई लाभ गर्दछ । सौनामा बस्दा शरीरमा भएको मृत कोषिकाहरुलाई खुलाउने कामगर्दछ । सौना लिएपछि शरीर अत्यन्त हल्का महशुस हुने गर्छ । साथै मिठो निद्रा पनि आउछ ।

सो स्पामा एकपटकमा १० जनाले सो सेवालिन सक्ने स्पा सेन्टरकी संचालिका अधिकारी बताउँछिन् । सौना भने एक पटकमा २० जना सम्मले सेवा लिन सक्नेछन् ।

स्पामा समय लिनका लागि ग्राहकले स्पाको फेसबुक, इन्स्ट्राग्राम, भाइवर, वाट्सअप आदिबाट पनि लिन सकिने संचालिका अधिकारी बताउँछिन् । उनी भन्छिन् ‘ग्राहकहरु समय लिएर वा बिहान ८ बजे देखि बेलुका १० बजे सम्मआउन सक्नुहुन्छ ।’ ग्रुप मिलाएर आउनेहरुलाई छुटको समेत व्यवस्था रहेको उनी बताउँछिन् । नियमित ग्राहकका लागि पनि आकर्षक छुट रहेको छ । स्पाले डे प्याकेज र सदस्यता प्याकेजको सुविधा समेत दिने गरेको छ । आतिथ्यतामैत्री कर्मचारीहरुको ब्यबहारबाट ग्राहकले पुर्ण सन्तुष्टि प्राप्त गरेको प्रतिक्रिया पनि संचालकको रहेको छ । बुकिङका लागि  9841812049, 9741847498 नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

स्पा सेवाको साथै ठमेल पार्क होटलमा कोरियन रेष्टुरेन्ट सहित नेपाली, इण्डियन, चाइनिज र कन्टिनेन्टलखानाको स्वादसमेत लिन सकिन्छ ।

‘दिनदिनै बढ्दै गएको काठमाडौँको जाडोमा शरीरमा तेलले मसाज, अनितातो बाफभएको कोठामा बस्दा कति आनन्द आउला ! कल्पना गर्दा मात्र पनि तपाईले आनन्दको अनुभूति गर्नुभयो होला ।’ सेवाग्राहि सन्तोष भण्डारीको प्रतिक्रिया थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके