स्याङ्जा – नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा माओवादी, नेकपा हुँदै एमालेको समेत अध्यक्ष बनेका सुर्य प्रसाद गैरे पारसको निरन्तरताको लागि पहल भइरहेको छ । एमालेकी सचिव समेत रहेकी पद्मा अर्याल नेतृत्वले पार्टी एकता प्रकृयाबाट एमाले स्याङ्जाको अध्यक्ष बनेका गैरेलाई पुनः अध्यक्षमा निर्वाचित गर्ने पहल भइरहेको बताइएको छ ।
२३ गतेबाट सुरु भएको अधिवेशनको भोली सोमबारको लागि मतदानको मिति तय गरिएको छ । तर मतदान अगावै जिल्ला पार्टीमा आपसी सहमती गरेर गैरेलाई नै सर्वसम्मत ढंगले अध्यक्षको लागि प्रयास गरिएको स्रोतले जनाएको छ । अहिलेसम्म एमाले स्याङ्जामा अध्यक्षमा २ जना, सचिव र उपाध्यक्षमा २/२ जनाको उम्मेदवारी परेको छ । जसमध्ये उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध निर्वाचित भइसकेका छन् ।
वि.सं.२०७८ पुस २५ आइतवार २१:२२ मा प्रकाशित






























