काठमाडौं । बतास अर्गनाइजेशनले नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेण्ट संचालनका लागि कुनै सेटिङ नभएको बताएको छ ।
बतासले दरबार संग्रहालयभित्र आफुहरुले कुनै सेटिङ गरेर रेष्टुरेण्ट संचालन गरेको नभई टेन्डरमार्फत् प्रतिस्पर्धा गरेर ठेक्कामा लिएको दावी समेत गरेको छ ।
बतास समूहले बुधवार एक विज्ञप्ति जारी गर्दै २०७७ साउन २६ गते गोरखापत्रमा जारी गरिएको सार्वजनिक अनुसार नारायणहिटी संग्रहालय परिसरभित्रको क्याफ्टेरिया भवन र गणतन्त्र स्मारक भित्रको क्याफ्टेरिया भाडामा दिने गरी टेन्डर आव्हान भएकोमा उक्त बोलपत्रमा कसैले पनि आवेदन पेश नगरेपछि पुनः आवेदन म्याद थप गर्दा चारवटा कम्पनीमध्ये आफुहरुको कम्पनीले टेन्डर प्राप्त गरेको बताएको छ ।
‘पहिलो पटक सो बोलपत्रमा कसैले आवेदन पेश नगरपेछि असोज १८ गतेसम्म म्याद थपको सूचना प्रकाशित भएको थियो । जसमध्ये नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको क्याफ्टेरिया भवन संचालनको लागि हाल टेन्डर प्राप्त गरेको बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट प्रा.ली लगायत चारवटा कम्पनीले आवेदन गरेकोमा छनौट प्रक्रियामार्फत् संम्बधीत निकायले बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्टलाई भाडामा दिने निर्णय गर्यो ।’ अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति
वि.सं.२०७८ पुस २८ बुधवार १४:११ मा प्रकाशित






























