काठमाडौं । पत्रकार अर्वाडका नाममा दश/दश लाखको प्रस्ताव ठाउँ–ठाउँमा पठाइएको समाचार सार्वजनिक भएको छ ।
ड्रिम हाइ नेपाल नामक संस्थाले निकै ठूलो तामझाम र प्रचार–प्रसार गरेर कार्यक्रम सम्पन्न गरिसकेपछि दश/दश लाखको प्रस्ताव र किर्ते हस्ताक्षर प्रकरण सार्वजनिक भएको हो ।
विभिन्न १९ विधामा ५/५ जनाको नाम सिफारिस गर्ने कुरा उल्लेख गर्दै सो संस्थाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा सो कार्यक्रम हुने बताउँदै महासचिव रोशन पुरीको हस्ताक्षर दुरुपयोग कुरा पनि समाचारमा प्रकाशित भएको छ ।
ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसी लाई अमेरिकामा रहेका प्रतिष्ठित वकिल खगेन्द्र जिसीको भाइ रहेको भन्दै समाचारमा अर्वाड प्राप्त व्यक्तिहरुलाई अमेरिका छिर्न सजिलो हुने कुरा समेत उल्लेख गरिएको छ ।
ड्रिम हाइको सो परियोजनाका लागि सहयोग गर्न बनाइएको प्रस्तावमा पुरीको हस्ताक्षरलाई गम्भीर विषय बनाइएको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेल आयोजकसँग निकट रहेको तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी त्यसको विरुद्धमा गएको पनि जनआस्था साप्ताहिकको समाचारमा उल्लेख गरिएको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार ११:५० मा प्रकाशित






























